Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
 काठमाडौँ- कार्य व्यवस्था समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गतेभित्र संविधानको पहिलो मस्यौदा ल्याउने निर्णय गरेको छ।
समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले संविधान निर्माणका क्रममा देखिएका विवाद समाधानका लागि वैशाख ५ गतेसम्मका लागि समय दिएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाख १५ गतेभित्र संविधानको पहिलो मस्यौदा ल्याउनेगरी तयारी गरिएको जानकारी दिए।
आजको बैठकमा चैत मसान्तसम्म सहमतिको प्रयास गर्ने र सहमति हुन नसके प्रक्रियाअनुसार अगाडि बढ्ने समेत निर्णय भएको अध्यक्ष दाहालले जानकारी दिए।
चैत मसान्तदेखि आगामी वैशाख ५ गतेसम्म संविधान निर्माणको विषयमा छलफल अगाडि बढाउने र त्यसो हुन नसके भोटिङबाट भए पनि संविधान निर्माणको काम अगाडि बढाउने निर्णय गरिएको छ।
चैत मसान्तसम्म शान्ति प्रक्रिया अगाडि बढ्ने भएकाले संविधान निर्माण प्रक्रिया सहजरूपमा अगाडि बढ्ने भएकाले त्यसैअनुसार काम कारबाही अगाडि बढाउने तयारी भएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।
उनले भने-‘राजनीतिक दलहरूबीचमा भएको छलफलबाट संविधान निर्माण गर्ने वातावरण तयार भएको छ, यसै छलफलबाटै हामी आगामी जेठ १४ गतेभित्रै संविधान निर्माण गर्नुपर्दछ भन्ने आश पलाएको छ। ‘
संविधानसभामा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, तथा न्यायपालिकालगायतका विषयमा सहमति हुन बाँकी रहेको छ।
तपाईको प्रतिक्रिया