Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– नेपालको निजी क्षेत्रको सवैभन्दा ठूलो दुरसञ्चार कम्पनी एनसेलको सेयर बिक्री गर्नेक्रम बढेको छ ।
२० प्रतिशत सेयर रहेका गैर आवासीय नेपाली संघ एनआरएनका पूर्वअध्यक्ष उपेन्द्र महतोले आफ्नो सेयर बेचेलगत्तै स्विस टेलिकम अपरेटर कम्पनी टेलियासोनेराले पनि केही सेयर बेचेको छ । स्रोतका अनुसार टेलियासोनेराले आफूसँग रहेको ८० प्रतिशतमध्ये १८ दशमलव ६ प्रतिशत सेयर कम्बोडियन अपरेटर स्मार्ट मोबाइललाई बेचेको छ । सेयर बिक्रीसँगै आएको नयाँ साझेदारीले कम्पनी बलियो हुने टेलियासोनेराको विश्वास छ ।
महतोले एनसेलको सेयर डा. निरजगोविन्द श्रेष्ठको नाममा नामसारी गरेका छन् । स्टेट पोलिटेक्निक मिन्स्क बेलारुसबाट टेक्निकल साइन्समा विद्यावारिधि गरेका निज सानिमा विकास बैंकका बोर्ड डाइरेक्टर हुन् । उनले यसअघि पनि अधिकांश सेयर यूरोपको टेलिकम अपरेटर कम्पनी टेलियासोनेरालाई विक्री गरेका थिए ।
श्रेष्ठलाई सेयर विक्री गर्दा दुई करोड रुपैयाँ राजश्व बुझाएको उपेन्द्रनिकट स्रोतले बताएको छ । साढे २ अर्ब रुपैयाँमा २० प्रतिशत सेयर निरजलाई विक्री गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया