Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– जापानको स्वस्थवर्धक पेय पदार्थ कम्पनी फरडेजले पर्यटकीय नगरी पोखराको सराङ्गकोट डाँडामा रहेको मणिज्योति निम्न माध्यमिक विद्यालय सञ्चालनका लागि रेष्टुराँ चलाएकोबारे राजधानीमा जानकारी दिएको छ ।
पोखराको सराङ्गकोटमा रेष्टुराँ उदघाटन गरी फर्किएको टोलीले पत्रकार र टे«किङ एजेन्सीका लागि जानकारी दिन बिहीबार साँझ राजधानीको होटल र्‍याडिसनमा कार्यक्रम आयोजना गरेको हो ।
झण्डै १ करोड ५० लाख रुपैयाँको लागतमा आन्तरिक एवं बाह्य पर्यटकलाई सेवा दिने लक्ष्य राखी सञ्चालन गरिएको सो रेष्टुराँमा एकैपटकमा ५० जनाभन्दा बढी पर्यटकलाई सेवा दिन सकिने फरडेज कम्पनीका अध्यक्ष वादा केइकोले जानकारी दिनुभयो ।
रेष्टुरेण्टबाट फाइदा भएको रकमले विद्यालय सञ्चालन गरी विद्यार्थीको पठनपाठन एवं शैक्षिक सामग्री र पोशाकसमेत प्रदान गरिनेछ । सो कम्पनीले विगतका वर्षदेखि सो विद्यालयमा ४ जना शिक्षकलाई मासिक कूल ३० हजारका दरले तलब समेत प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया