Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – झापाका पत्रकार यादव पौडेलको मंगलवार राति भएको हत्याको नेपाल पत्रकार महासंघ वेलायतले निन्दा गर्दै घट्नाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

शाखाको तर्फबाट महासचिव नरेश खपाङ्गीमगरद्वारा जारी विज्ञप्तीमा भनिएको छ – विभिन्न सञ्चारमाध्यमका लागि झापाबाट काम गर्दै आउनुभएका पत्रकार यादव पौडेलको मंगलबार राति विर्तामोड, झापामा भएको विभत्स हत्याबाट नेपाल पत्रकार महासंघ, बेलायत शाखा स्तब्ध र मर्माहत बनेको छ ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भए पनि पत्रकारिता क्षेत्रमा रहेको उच्च जोखिम अझै कायमै रहेको यस घटनाले पुष्टि गरेको छ । व्यक्तिको बाँच्न पाउने, आफ़ुले चाहेको पेशा अँगाल्न पाउने अधिकार सुनिश्चित भइनसकेको हाम्रो यथार्थता पनि यस घटनाले उदाङ्ग गरिदिएको छ ।

घटनाको पूर्ण विवरण आइनसकेको यस अवस्थामा हामी पत्रकार पौडेलको हत्याका बारेमा यथाशीघ्र अनुसन्धान गरी दोषीहरुलाई कडा कारबाही गर्न, पौडेलका परिवारलाई भरणपोषणको व्यवस्था गर्न र पत्रकारहरुलाई काम गर्ने सुरक्षित वातावरण बनाउन सरकार तथा अन्य सबै पक्षसँग हार्दिक आह्वान गर्दछौँ” – विज्ञप्तीमा उल्लेख गरिएको छ । ***

तपाईको प्रतिक्रिया