Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
पोखरा- जापानको स्वास्थ्य पेय पदार्थ कम्पनी फरडेजले पर्यटकीय नगरी पोखराको सराङ्गकोट डाँडामा रहेको मणिज्योति निम्न माध्यमिक विद्यालय संचालनका लागि
रेष्टुराँ चलाएको छ । सो रेष्टुराँको बुधबार एक समारोहबीच फरडेज कम्पनीका अध्यक्ष वादाकियोले उद्‍घाटन गरे ।
झण्डै १ करोड ५० लाख रुपैयाँको लागतमा आन्तरिक एवं बाह्य पर्यटकलाई सेवा दिने लक्ष्य राखी सञ्चालन गरिएको सो रेष्टुराँमा एकैपटकमा ५० जनाभन्दा बढी पर्यटकलाई सेवा दिन सकिनेछ ।
रेष्टुरेण्टबाट फाइदा भएको रकमले विद्यालय संचालन गरी विद्यार्थीको पठनपाठन एवं शैक्षिक सामग्री र पेाशाकसमेत प्रदान गरिनेछ । सो कम्पनीले विगतका वर्षदेखि सो विद्यालयमा ४ जना शिक्षकलाई मासिक कूल ३० हजारका दरले तलब समेत प्रदान गर्दै आएको छ ।
‘सामाजिक भावनाले उत्प्रेरित भै कम्पनीको उत्तरदायित्वका साथ हामीहरुले नेपालको शैक्षिक क्षेत्रको लगानीका लागि सोंचेका हौं,’ कम्पनीका अध्यक्ष कियोले भने । विद्यालयलाई सहयोगमात्र होइन, दीर्घकालीन सहयोगका लागि पर्यटकीय स्थान भएकोले रेष्टुराँसमेत सुरु गराएका हौ । ‘रेष्टुराँको फाइदा विद्यालयका लागि मनग्ये हुनेछ,’ उनको भनाइ थियो ।
झण्डै ९० जना विद्यार्थी रहेको सो सामुदायिक विद्यालयमा जापानको सोकम्पनीले सहयोग गर्न थालेपछि विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्र नै कायापलट भएको कुरा सो योजनाको समायोजन गर्दैआएको अन्नपूर्ण लायनका सोनाम साङ्गपोको भनाई थियो । अहिले सो कम्पनीले विद्यालय र रेष्टुराँ चलाउनका लागि समितिसमेत गठन गरेको छ । नेपालका लागि फरडेज आत्मनिर्भर कार्यक्रम रहेको सो समितिको अध्यक्ष लायन ध्रुव श्रेष्ठ छन् । संस्थाले स्थानीय महिला समूहलाई हस्तकलाको तालिमसमेत प्रदान गरी सो को आम्दानीसमेत विद्यालयका लागि खर्चिने गरेको छ
औपचारिक कार्यक्रममा जापानका लागि पूर्वराजदूत गणेश योञ्जन तामाङ्ग, नेपालका लागि पूर्व जापानिज राजदुत मिजुनो  विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सोभियत बानियाँ, प्रअ क्षेत्रबहादुर भुजेललगायतले जापानी संस्थाको सो सहयोगको सह्राहना गरेका थिए ।
तपाईको प्रतिक्रिया