Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौँ – अमेरिकास्थित सिकागोको आमोड सहरमा गुड्दै गरेको कारबाट हामफालेर एक नेपालीको मृत्यु भएको छ ।
विगत दश वर्षदेखि सिकागोमा बस्दै आएका दिनेश श्रेष्ठ (अमात्य) ले हामफालेका थिए । सो गाडी उनको श्रीमतीले चलाएकी थिइन् ।
श्रेष्ठले श्रीमतीसँग केही कुरामा विवाद भएपछि कारबाट हामफालेको बुझिएको छ । उनीहरुबीच के विषयमा विवाद भएको हो थाहा हुन सकेको छैन ।
श्रेष्ठलाई घाइते हुनासाथ सेन्ट मार्गरेट अस्पतालमा लगिएको र पछि एडभोकेट क्राइस्ट मेडिकल सेन्टरमा हस्तान्तरण गरी उपचारका क्रममा नै त्यहाँ उनको मृत्यु भएको थियो ।
उनको अन्तिम संस्कार उनकी श्रीमतीले गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको नेपालमा जेठी श्रीमती र दुई छोरा पनि छन् ।
तपाईको प्रतिक्रिया