Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चैत मसान्तपछि वर्तमान प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताएका छन्। चैत मसान्तसम्म शान्ति प्रक्रियाको टुङ्गो नलागेमा वर्तमान सरकारको औचित्य नरहने उनले बताए।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले चैत मसान्तपछि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाली कङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखे।
उनले राष्ट्रको निकासका लागि पनि चैत मसान्तपछि वर्तमान प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने खाँचो औँल्याए।
एक प्रश्नको जवाफमा उनले एमाओवादीले सातबुँदे सहमतिसँग खेलबाड गरी अनेक बितण्ड उत्पन्न गरेका कारण शान्ति प्रक्रियामा अवरोध उत्पन्न भएको बताए।
माओवादीले बहानाबाजी र भ्रमित गर्ने क्रम अहिले पनि जारी राखेका कारण सबैलाई तरबारको धारमा हिँड्ने अवस्था आएको समेत उनले बताए। उनले एक प्रदेश, एक मधेस वैज्ञानिक र व्यावहारिक नभएको टिप्पणी गर्दै जातीय आधारमा प्रदेशको निर्माणका अवधारणाले बिखण्डन ल्याउन सकिने पनि धारणा राखे।
उपसभापति रामचन्द्र पौडेलले कांग्रेस  ०४७ सालको संविधान र एकात्मक शासन एवम् राजतन्त्रतर्फ फर्किने पक्षमा नरहेको स्पष्ट गर्दै पार्टी सङ्घीय लोकतन्त्रको धरातलमा अगाडि बढ्न चाहेको बताए। बाबुराम भट्टराई सरकारको आयु लामो पार्ने कार्यमा उद्दत रहेका कारण पनि शान्ति प्रक्रियामा अवरोध उत्पन्न भएको उनले बताए।
तपाईको प्रतिक्रिया