Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डौं उपत्याकाभित्र जारी सडक विस्तारको प्रगतिबारे जानकारी लिदैं कम क्षतिमा उन्नत सडक बनाउन निर्देशन दिनुभएको छ ।
विहिबार प्रधानमन्त्री कार्यालयमा ट्राफिक प्रहरीका डिआईजी गणेशराज राई र काठमाण्डौ उपत्यका नगर विकास योजना प्रमुख भाईकाजी तिवारीले बाटो विस्तारमा भइरहेका प्रगतिबारे जानकारी दिनुभएको थियो ।  उहाँहरुले लैनचौरदेखि लाजिम्पाट, महाराजगञ्ज हुँदै न्युरो अस्पतालसम्मको सडक विस्तारबारे फोटो र नक्सासहित प्रधानमन्त्रीलाई जानकारि गराउनु भएको थियो ।
कम क्षतिमा सडक विस्तार गर्ने नीति अनुरुप सरकारले केही समय सो क्षेत्रको सडक विस्तार रोकेर सरोकारवालासँग छलफल थालेको थियो । प्रधानमन्त्रीले सडक विस्तार गर्दा हुने भौतिक क्षति, उनीहरुको पुनस्थापना र सडक निर्माण अबधिबारे जानकारी लिनुभएको थियो । बैठकमा उहाँले कम भन्दा कम क्षतिमा राम्रो सडक निर्माण गनुपर्नेमा जोड दिनुभएको थियो ।
यसअघि चैत्र ८ गते प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायसँग भएको बैठकमा प्रधानमन्त्रीले थालनि गरिएका कामको तुरुन्तै परिणाम र्र्निाल्न निर्देशन दिनु भएको थियो ।
उहाँले सडक विस्तार विशेष राष्ट्रिय अभियान भएको बताउँदै निर्माणको लागि कुनै कुराको पनि अभाव आउन नदिने पनि बताउनुभयो ।
तपाईको प्रतिक्रिया