Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024
काठमाडौं- बोक्सीको आरोप लगाउँदै महिला माथी भएको आक्रमणको बिभिन्न संघसंस्थाले भत्सर्ना गरेका छन् । आफ्नै भाई बहिनी र बुहारीले गरेको आक्रमणको आधा दर्जन भन्दा बढि संघसंस्थाले विज्ञप्ती जारी गर्दै त्यसको भत्सर्ना गरेका हुन् ।
बिहीबार राजधानीको जोरपाटीमा सुनिता पुडासैनी र उनकी सानिमाकी छोरी खोमकुुमारीलाई बोक्सीको आरोपमा भाई बहिनी र ज्वाईले निर्घात कुटपिट गरेका थिए ।
राष्ट्रिय महिला आयोगले निर्घात कुटपिट गरि आखाँ समेत जाने गरि भएको आक्रमण प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । महिला आयोगले २०६७ सालमा नै बोक्सीको आरोप सम्बन्धी कसुुर तथा सजाय सम्बन्धमा ब्यवस्था गर्न बिधेयक बनाएको थियो । त्यो बिधेयक पारित नभएको भन्दै त्यसप्रति खेद प्रकट गरेको छ । आयोगकी प्रवक्ता मोहना अन्सारी द्धारा जारी बिज्ञप्तीमा २ बर्ष लगाएर बनाएको मस्यौदा मन्त्रालयमा थन्किएको भन्दै दुख व्यक्त गरेको छ ।
महिला मानब अधिकार रक्षकहरुको सञ्जालले घटनाप्रति दुख ब्यक्त गरेको छ । आखाँ नै गुुम्ने गरि भएको घटनाले मर्माहत बनेको बताउँदै उसले दोषी माथी कडा कारबाहीको माग राखेको छ । यस्तै अखिल नेपाल महिला संघ क्रान्तीकारीले पुडासैनीको आक्रमणमा संलग्नलाई कडा कारबाहीको माग राख्दै पिडीतलाई क्षतिपुर्ति उपलब्ध गराउन भनेको छ । शान्तीका लागि साझा अभियान, महिला सुरक्षा दबाब समुह, मानबअधिकार एलाइन्स र जागरण नेपालले समेत घटनाको आलोचना गरेका छन् । उनीहरुले दोषी माथी कडा कारबाहीको माग राखेका छन् ।
तपाईको प्रतिक्रिया