Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024
तनहुँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले माओवादीले सम्झौता पालन गर्नुको साटो उल्टै नयाँ नयाँ सर्त ल्याएर शान्ति प्रक्रियालाई अबरुद्ध पारेको बताएका छन्।
प्रेस चौतारी तनहुँ शाखाले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले भने- शान्ति र संविधानको भविष्यबारे त्रासदि बढ्दै गएको छ।
उनले प्रधान मन्त्री भट्टराई नेतृत्वको सरकारलाई एमालेले शङ्काको रुपमा मात्र हेरेको बताए। ‘प्रतिपक्ष भइकन पनि शान्ति प्रक्रिया र संविधान लेखनमा हामीले सहयोग गरेका छौं’, उनले भने- सरकार माओवादीभित्रकै किचलोले विवादमा परेको छ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र प्रधान मन्त्री डा. बाबुराम भट्टराईमा समेत शङ्का उब्जिएको उनले बताए।
तपाईको प्रतिक्रिया