Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो – मेरी बास्सैका जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आज टोकियोमा आयोजित शुभकामना साँझ कार्यक्रममा रमाइलो प्रहसन प्रस्तुत गरेर लामो समयदेखि हास्ने अवसर नजुरेका जापानका दर्शकहरुलाई पेट मिचीमिची हसाए । प्रहसनमा उनीहरुले रमाईलो मात्र पस्केनन् नेपाली राजनीतिमा विद्यमान विकृतिको डोहोलो नै काढे । संगै आएका पपगायक धिरज राई र आधुनिक गायक प्रमोद खरेलले पनि आ-आफ्ना दर्जनौ चर्चित गीतहरु प्रस्तुत गरेर दर्शहरुको मन जित्न सफल भए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

थकाली सेवा समिति टोकियो जापानले फागु पूर्णिमाको अवसरमा आज आयोजना गरेको २१ औं शुभकामना साँझ कार्यक्रमका लागि चारजना कलाकारहरु नेपालबाट आमन्त्रित गरिएका हुन् ।

शान्ति र संबिधान बनाउने कार्यमा भईरहेको विलम्वप्रति कटाक्ष गर्दै धुर्मुस र सुन्तलीको जोडीले आफ्नो प्रहसनमार्फत राजनीतिक दलका नेताहरुको उछिट्टो काढेका हुन् । उनीहरुले सत्ता बचाउन र भत्ता पचाउनकै लागि पटक पटक संबिधानको म्याद थपेको भन्दै त्यस्ता नालायक नेताहरुका कारण देशमा उत्पन्न महंगी, अभाव तथा बेरोजगारी समस्याले गर्दा लाखौं नेपाली युवाहरु बिदेशमा भौतारिनुपरेको यथार्थतालाई मार्मिक शैलीमा प्रस्तुत गरे । साथै उनीहरुले हाम्रो नेपाली समाजमा बिद्यमान अन्य बिसंगति र बिकृतिप्रति पनि चोटिला प्रहार गर्दै दर्शकहरुलाई मनग्गे हसाए ।

यसैगरी गायक प्रमोद खरेलले मेरो देश प्यारो नेपाल, म बिना कसैकसैलाई, मेरा आँखामा आँशु सुहाउँछ जस्ता दर्जनौ चर्चित गीतहरु गाएर दर्शकहरुलाई कहिले भावुक बनाए त कहिले जुरुक्क उफारेर धितमरुञ्जेल नचाए । यसैगरी अर्का अतिथि कलाकार धिरज राईले सोई धोले सोई अर्को धोले खोई ?, वन साईडेड लभ, मुसुमुसु, माया छ है, गर्ल फ़्रेण्ड जस्ता दर्जनौ चर्चाका शीखर चुमेका गीतहरु गाएर दर्शकहरुको साँगीतिक तृष्णा मेटाईदिए ।

सामुहिक राष्ट्रियगानबाट शुरु भएको सो कार्यक्रममा थकाली भेषभूषामा सजिएका युवतीहरुले थकाली गीतमा आकर्षक नृत्य गरेका थिए भने संजिमा शेरचन, अपेक्षा लिम्बु लगायतका स्थानिय कलाकारहरुको नृत्यलाई पनि दर्शकहरुले निकै मन पराए । कार्यक्रममा सुन्तलीको नृत्य पनि अर्को आकर्षण बन्न सफल रह्यो भने धुर्मुसले एमाले नेता केपी ओलीको क्यारिकेचरमार्फत राजनीतिक बिसंगतिप्रति ब्यङ्ग्य कस्दै दर्शकहरुलाई हसाउनु हसाएँ ।

प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, बिशेष अतिथि एनआरएन आईसीसीका कोषाध्यक्ष भवन भट्ट र थसेसका संरक्षक डा. योगेन तुलाचनले थकाली समुदायको परम्परागत खेल धनुषवाण हानेर शुभकामना साँझ कार्यक्रमको संयुक्तरुपमा उदघाटन गरेका थिए ।

सँस्थाका महासचिव अनिल भट्टचनको सञ्चालन र सहकोषाध्यक्ष दीपक गौचनको स्वागत मन्तब्य रहेको समुदघाटन समारोहमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङले थकाली जातीको चार देवताको पूजाअर्चना गरेका थिए भने प्रमुख अतिथि राजदूत डा. भट्टराई र कार्यक्रम संयोजक राजु शेरचनले कार्यक्रमका प्रायोजकहरुलाई प्रमाणपत्र तथा खादार्पण गरेका थिए । यसैगरी अतिथि कलाकारहरुलाई संस्थाका अध्यक्ष शरदकुमार गौचनले फ़ूलको गूच्छा र खादार्पण गरेर स्वागत गरेका थिए ।

बिदेशमा रहेर पनि आफ्नो देश, भाषा, सँस्कृति र परम्परालाई जगेर्ना गर्न र यिनै अमूल्य कला सँस्कृतिमार्फत बिदेशमा आफ्नो देशको चिनारीलाई बढाउन एवं पर्यटन प्रबर्द्धनमा टेवा पुरयाउन थसेस जापानले हरेक बर्ष थकालीहरुको महान पर्व फागुको अवसरमा साँगीतिक कार्यक्रमसहित शुभकामना साँझ आयोजना गर्दै आएको बताउँदै आयोजक सँस्थाका अध्यक्ष शरदकुमार गौचनले भने – “यस कार्यक्रमलाई सफल पार्न बिभिन्न ढंगले सहयोग गर्नुहुने प्रायोजक, मिडियाकर्मी, सहयोगी सबैमा थसेस जापान हार्दिक धन्यबाद ज्ञापन गर्दछ । लुम्बिनी भ्रमण बर्षको समेत सन्दर्भमा आयोजित यस कार्यक्रमबाट लुम्बिनीको बारेमा थोरे भएपनि मुलुकको सन्देश दिन सकियोस् भन्ने हाम्रो उद्देश्य हो” – धन्यबाद मन्तब्यकाक्रममा उदघाटन समारोहका सभापतिसमेत रहेका थसेस अध्यक्ष गौचनले भने ।

हास्य, पप र आधुनिक बिधाका गरी चारजना अतिथि कलाकारहरुको प्रस्तुती रहेको शुभकामना साँझ कार्यक्रमको साँगीतिक चरणमा भने कार्यक्रमका सहसंयोजक सन्तोषी गौचन र सहकोषाध्यक्ष दीपक गौचनको सञ्चालन रहेको थियो ।

उत्साहजनक दर्शकहरुको उपस्थितिमा सम्पन्न  शुभकामना साँझ कार्यक्रमका प्रमुख अतिथि बनेका जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले कार्यक्रम हलबाट बाहिर निस्कदै गर्दा भने-  “जापानको यति धेरै ब्यस्ततामा पनि यत्रो मिहिनेत गरेर थसेस जापानले आफ्नो कला र सँस्कृतिप्रति देखाएको चासो र चिन्ताप्रति अत्यन्त प्रभावित भएको छु । समग्रमा कार्यक्रम राम्रो र सफ़ल रह्यो । देशका प्रतिभाहरुलाई बिदेशमा बोलाएर यसरी अवसर प्रदान गरिनु राम्रो कुरा हो” राजदूत डा. भट्टराईको टिप्पणी थियो । ***

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विरः सुन्दीप ढुंगाना

तपाईको प्रतिक्रिया