Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
लिस्बन- गैर आवासीय नेपाली संघ पोर्चुगलको एक प्रतिनिधिमण्डलले पोर्चुगलमा रहेका नेपालीहरुका समस्याहरुको बिषयमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालसँग भेट गरेको छ।
गैर आवासीय नेपाली संघ पोर्चुगलका सल्लाहकार झलक केसी, सचिव नबिन गौतम लगायतका पदाधिकारीहरु सम्मिलित उक्त प्रतिनिधिमण्डलले उक्त भेटको अवसरमा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको बर्तमान अबस्था, नेपालीहरुले भोग्नु परेका कुटनैतिक समस्याहरु, पोर्चुगलमा नेपाली कन्सुलरको आवश्यकता बिषयमा छलफल गरेको छ।
प्रतिनिमण्डलले नेपाल सरकारका उच्च पदाधिकारीहरु तथा अन्य उच्च राजनैतिक नेतृत्वलाई समेत भेटी पोर्चुगलका नेपालीहरुका समस्याहरु अवगत गराउने कार्यक्रम छ।
तपाईको प्रतिक्रिया