Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
युएई– दुबै मृगौला खराब भएर जीवन र मृत्युसँग संघर्ष गरिरहेका श्रमजीवी पत्रकार रमेश चालिसेको उपाचारार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंले थालेको उद्दार अभियानमा महासंघको यूएई शाखाले नेपाली रूपैयाँ ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघले एक जना सदस्य बराबर १ सय नेपाली रूपैयाँ सहयोग गर्न आब्हान गरेको भएता पनि यूएई शाखाले २५ दिरहम न्यूनतम सहयोग गर्न यूएईमा रहेका नेपाली पत्रकारहरू माझ आग्रह गरेको थियो । शाखाका पदाधिकारी, सदस्य तथा यूएईमा कार्यरत नेपाली पत्रकारहरूको उत्साहले यूएई दिरहम ५२६ (अक्षरुपी पाँच सय छब्बिस) सहयोग रकम उठाएको थियो ।
नेपाल पत्रकार महासंघ दुवई शाखा अध्यक्ष शंकर ज्ञवाली, सचिव अर्जुन दाहालसहित गिरधारी रिजाल, निमेष गिरी, मनोजकुमार राना, नारायण अधिकारी, भुपराज बस्याल, सल्लाहकारद्वय खेमनाथ पौडेल र छत्र लामा र केन्द्रीय प्रतिनिधि मानबहादुर थापाले सहयोग संकलनमा विशेष सकृयता देखाएका थिए ।
यसैगरी पत्रकार निमाकान्त पाण्डे, गितामणी पाण्डे, त्रिलोचन कोइराला, हरि नेपाली, जगत आचार्य, प्रविन बस्नेत र शाखाका संस्थापक मध्येका दलबिरसिंह बराइली र लोकनाथ सुबेदीले पनि सहयोग संकलनमा सहयोग गरेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया