Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारको सहयोगमा चैत्र महिनाको अन्तिम साता काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना हुँदैछ ।
नेपाल सरकारबाट आ.व. २०६८/६९ को बजेट बक्तव्य मार्फत कुटनीतिक नियोगहरु र निजी क्षेत्रका संघ÷संस्थाहरुलाई समेत परिचालन गरी अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
“नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला” को नाममा चैत्र २३ गते, विहीवार एक भव्य समारोह बीच औपचारिक शुभारम्भ हुने सो मेला चैत्र २७ गते, सोमवारसम्म चल्ने छ । मेला प्रदर्शनीस्थल भृकुटीमण्डपमा हुने छ । मेलालाई वस्तु तथा सेवाको खरिद विक्रीको माध्यम भन्दा पनि यसलाई समग्र राष्ट्रको “शो केश”को रुपमा प्रस्तुत गर्ने योजना महासंघको छ ।
नेपाल लगायत सार्क राष्ट्रहरु सहित मित्रराष्ट्रहरु चीन, कोरिया लगायतको मेलामा उच्च सहभागिता रहने आयोजकले जनाएको छ । महासंघले विशेष रुपमा अगाडी बढाएका एक जिल्ला एक उत्पादन, लघु जलविद्युत, हस्तकला, नेपाली हाते गलैचा, तयारी पोशाक, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम, हरित उर्जा, शहरी विकास लगायतका कार्यक्रमलाई भिन्न पेभिलियन मार्फत विशेष रुपमा प्रदर्शनी गरिने योजना रहेको आयोजकको भनाइ छ ।
मेलामा सजाईएका पेभिलियनहरुको वैज्ञानिक मुल्यांकन गरी उनीहरु बीच प्रतिस्पर्धा गराउने, मेलामा उत्कृष्ट क्रेताहरु समेतलाई सम्मान गरिने कार्यक्रम छ । मेलामा नेपाली वस्तु तथा सेवाहरुको वस्तुगत आधारमा छुट्टै पेभिलियन र अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको छुट्टै पेभिलियन सहित करिव ३२० वटा स्टल मार्फत अवलोकनकर्ताहरुलाई पछिल्लो परिवर्तनको झलक प्रस्तुत गरिने छ ।
मेला अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल, अन्तरक्रिया तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरु बीच महत्वपूर्ण व्यावसायिक भेटवार्ता समेत गराइने छ ।
नेपाल सरकारको सहयोगमा महासंघद्वारा वृहद रुपमा आयोजना हुन लागेको उक्त मेलालाई प्रत्येक वर्ष आयोजना गरी निरन्तरता दिने योजना सरकारको रहेको छ । विगत एकदशक भन्दा बढी समयदेखि नेपाल सरकार तथा महासंघको सहयोगमा हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगतस्तरमा गरी करिव चार दर्जन मेला÷महोत्सवहरु देशका विभिन्न भागहरुमा आयोजना हुदै आइरहेका छन् ।
मेलामा स्थानीय उत्पादन र उत्कृष्ट वस्तु तथा सेवाको वाह्य प्रवद्र्धनको लागि समेत नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी गराइने कार्यक्रम छ ।
सन् २०१२—१३ लाई नेपाल लगानी वर्षका रुपमा मनाउने तयारी भैरहेको सन्दर्भमा आयोजित नेपाल अन्तराष्ट्रिय व्यापार मेला लगानी वर्ष अभियानलाई सफल पार्न समेत सहयोगी हुने महासंघको विश्वास छ ।
तपाईको प्रतिक्रिया