Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – यूएईमा रहेका नेपालीहरुको भईपरी आउने समस्याहरुलाई निराकरण गर्न एनआरएन एनसीसी यूएईले कल्याणकारी कोषको स्थापना गरेको छ ।

यूएईमा दिनानुदिन नेपालीहरुको संख्या बढ्ने क्रम जारी रहेकाले समस्याहरुलाई समाधान गर्नका लागि कोषको स्थापना गरिएको एनसीसी अध्यक्ष चन्द्र रोकायले बताएका छन् ।

उनले यूएईमा रहेका एनआरएनका पञ्जिकृत सदस्यहरू दुर्घटनामा परी प्राथमिक उपचार, उद्धार लगायतमा कोही कसैबाट सहयोग उपलव्ध हुन नसक्ने अवस्था रहेमा प्राथमिक उपचार र उद्धार गर्न कोषले सहयोग गर्ने जनाए । यस्तै वैकल्पिक उपाय नदेखिएमा नेपालसम्म पुग्न लाग्ने हवाई खर्च उपलव्ध पनि कोषले बताएका छन् ।

यसैगरी मुद्दा मामिला झेल्न बाध्य भएका पञ्जिकृत सदस्यहरूलाई आवश्यक आधारभूत समेत उपलब्ध गर्ने रोकायले बताए । नेपालीहरूको सामूहिक उद्धार र वांच्नकोलागि रासन पानी उपलव्ध गराउनुपर्ने प्रकोप वा परिस्थिति आईपरेमा कोषको स्थिति हेरी मानवीय सहायता उपलव्ध पनि कोषले गर्ने जनाइएको छ ।

त्यसैगरी घरेलु कामदारको रूपमा यूएईमा आई विविध कारणले काम गर्न असमर्थ भएका अशक्त, विरामी, शारीरिक मानसिक रोगी नेपाली महिलाहरूको उपचार र उद्धारमा कुनै श्रोत उपलव्ध हुने अवस्था नदेखिएमा सयहोग उपलब्ध पनि गर्नेछ । कारणबस मृत्यु भएमा मृतकको परिस्थीति तथा कोषको अवस्था हेरी निजका परिवारलाई राहत नेपाली रुपैयाँ १००,०००/- अक्षरुपी नेपाली रुपैयाँ एकलाख) तथा एनसीसी यूएईको वहालवाला पञ्जिकृत सदस्य कुनै कारण बस अपाङ भएमा निजलाई राहत स्वरूप बढीमा नेपाली रुपैया १००,०००/- -अक्षरुपी नेपाली रुपैयाँ एकलाख) सम्म प्रदान गरिने छ ।

कोष स्थापना गरेको पहिलो हप्तामानै करिव २५ हजार अर्थात ५ लाख नेपाली रुपैयाँ संकलन भईसकेको छ । उक्त कोषमा आगामी १ बर्ष भित्रमा करिव २० लाख नेपाली रुपैया पुर्‍याउने लक्ष्य रहेको एनसीसीका कोषाध्यक्ष कपिल खड्काले बताएका छन् । उक्त कल्याणकारी कोषमा यूएईमा रहेका सामाजिक कार्यकर्ताले आफ़्नो ईच्छाले रकम प्रदान गरेका छन् । कोषलाई व्यवस्थितरुपमा सञ्चालन गर्नकोलागि अध्यक्ष चन्द्र रोकायको संयोजकत्वमा एक समिति पनि गठन गरिएको तथा उक्त समितिले नेपालीहरुका समस्याको प्रकृतिहेरी सहयोग गर्ने र कोषको रकम खर्च गर्नु भन्दा वढी प्रायोजकहरू जुटाउन प्रयास गर्ने कोषाध्यक्ष खड्काले बताए । ***

तपाईको प्रतिक्रिया