Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
भक्तपुर – एकीकृत नेकपा माओवादीका सचेतक देव गुरुङले राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजिनामा दिनुपर्ने बताउनु भएको छ । बिहीबार भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना कार्यक्रममा नेता गुरुडले गतिरोध अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार अपरिहार्य बनेको बताउनुभयो ।
माओवादी लडाकु समायोजनको विषयमा सहमतिविपरीत दलहरु गएका कारण समायोजन हुन नसेको बताउँदै नेता गुरुङले कङ्ग्रेस र एमालेमा सामान्तवादी सोच बाँकी रहेका कारण शीर्ष दलहरुबीच सहमति नभएको बताए।
सरकारमा भ्रष्टाचार बढेको भन्दै उहाँले देश र जनताका लागि कुनै उपलब्धी नभएको दावी गर्नुभयो । सेना समायोजन र संविधान निर्माण सँगसँगै गर्न सकिने भन्दै उहाँले काँग्रेस एमालेले शान्ति प्रक्रिया र सविधान निमार्ण अवरुद्ध पारेको आरोप लगाउनुभयो ।
तपाईको प्रतिक्रिया