Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
पाल्पा –  पाल्पास्थित माओवादी नेताहरु बस्ने निवासमा बम बिष्फोट भएको छ। तानसेन कैलाशनगर-७, स्थित माओवादी सचिव नेत्र पाण्डेको कोठामा बिष्फोट भएको प्रहरीले जनाएको छ। सोही भवनमा पाल्पाको रेडियो पश्चिमाञ्चलको कार्यालय छ । बिहीबार दिउँसो तीन बजे तिर कार्यालय भवन भित्रै बम विष्फोट भएको हो ।
तानसेन कैलाशनगर-७, स्थित माओवादी सचिव नेत्र पाण्डेको कोठामा बिष्फोट भएको प्रहरीले जनाएको छ।
माओवादी मगरात स्वायत्त प्रदेशले चलाएको एफएमको माओवादी जिल्ला सचिव नेत्र पाण्डे बस्ने कोठामा विष्फोट भएको हो । विष्फोटबाट एक जना कर्मचारी सामान्य घाइते भएका छन् ।
बिष्फोटका कारण ४ वटा कोठाका झ्याल, ढोका तथा रेडियोका उपकरण पूर्णरुपमा ध्वस्त भएको छ। उपकरण ध्वस्त भएपछि प्रसारणसमेत बन्द भएको छ।
तपाईको प्रतिक्रिया