Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले संघियता विनाको संविधान जारी हुनै नसक्ने ठोकुवा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा मन्त्री त्रिपाठीले संघीयता विनाको संविधान मान्नै नसकिने भन्दै किस्ता बन्दीमा संविधान जारी गरिए त्यो संविधानको औचित्य समाप्त हुने चेतावनी दिए ।
साक्षात्कारमा उनले संघीयतालाई कुरुप बनाउने षडयन्त्र मुलुकमा चलिरहेको दावी गर्दै संघीयता निल्न पनि नसक्ने र ओकल्न मिल्दै नमिल्ने तातो आलु भएको दावी गरे ।
मन्त्री त्रिपाठीले संघीयता विना संबिधान जारी भए मुलुक अकल्पनीय द्धन्द्धमा फस्ने चेतावनी दिदै त्यसलाई कसैले पनि थाम्न नसक्ने ठोकुवा गरे ।
शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने काम सहज भएको दावी गर्दै उनले संघीयताको मुद्दा मुलुकमा सबैभन्दा जटिल भएको बताए । संघीयताको विषयमा पहिला जो जुन स्थितिमा थियो अहिले त्यही स्थितिमा पुगेको दावी गर्दै त्रिपाठीले भने-संघीयतामा आउनु भन्दा पहिला जो जुन ठाँउमा थियो , अहिले त्यो त्यही ठाँउबाट म्याउँ गर्दैछन ।
संघीयता हुन नदिन संघीयताबादीहरुलाई भडकाएर कमजोर बनाउने षडयन्त्र भईरहको भन्दै उनले कोही पनि त्यस्तो षडयन्त्रमा फस्न नहुने तर्फ सचेत गराए ।
मन्त्री त्रिपाठीले सेना समायोजन गर्दा नेपाली सेनामा ६ हजार ५ सयको संख्यामा जुन पदले नेतृत्व गर्छ त्यो पद माओवादी लडाकुले पनि पाउनु पर्ने भन्दै समायोजनलाई स्विकारेपछि समायोजनका सबै तत्वलाई स्विकार्नु पर्ने तर्क गरे ।
उनले भने-पहिला महानिर्देशनालयको संख्या तय गरौ त्यसपछि समायोजन हुने कति संख्यामा नेपाली सेनाको के दर्जा हुन्छ लडाकुलाई पनि त्यो दर्जा दिऔ । समायोजन हुनेको बृज कोर्स र तालिम लगायतका ब्यवस्था गर्नु पर्ने भएकोले महानिर्देशनालयको नेतृत्वमा पनि माओवादीको प्रतिनिधित्व हुनु पर्छ ।
तपाईको प्रतिक्रिया