Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं – राष्ट्रिय सहिद तथा शान्तिपार्क समितिले पार्कको विस्तृत अध्ययन तथा डिजाइन कार्य सम्पन्न गरेको छ
सरकारले गोकर्णमा करिब ६५० रोपनी जग्गामा सहिद तथा शान्तिपार्क निर्माण कार्यलाई अगाडि बढाइरहेको छ । सोही पार्कमा रहने विभिन्न स्थानका बारेमा अध्ययन गरी समितिले विस्तृत अध्ययन तथा डिजाइनको कार्य सम्पन्न गरेको हो ।
समितिका संयोजक सुदर्शन सिग्देलले दिएको जानकारी अनुसार सो पार्कमा हाल सरकारबाट घोषणा गरिएका सहिदका अभिलेख, काम गर्दाका समयमा सहादत प्राप्त गरेका निजामती कर्मचारी र घुन्सा दुर्घटनामा दिवङ्गत भएकाको सम्झनामा अभिलेख राखिनेछ ।
सबैको समान पहुँचका लागि सबै जनजातिको धर्म संस्कृति झल्कने नेपाली वास्तुकलामा आधारित पार्क निर्माण गरिने अवधारणा सो पार्कले लिएको छ ।
अध्यक्ष सिग्देलले हालसम्म सरकारले कतिजनालाई सहिद घोषणा गयो, राजनीतिक दलले आन्तरिकरुपमा कति जनालाई सहिद घोषणा गरे त्यसको विवरण प्राप्त गर्न अप्ठ्यारो परिरहेको जानकारी दिए ।
सरकारले सहिद घोषणा गर्नु र दलगतरुपमा सहिद घोषणा गर्नुमा नितान्त फरक भएको हुँदा यसबारेमा अध्ययन हुनु जरुरी रहेको उनको भनाइ छ ।
पार्क रहने स्थानका बारेमा पनि समितिले विस्तृत अवधारणा तयार गरेको छ । जसमा स्मृति क्षेत्र, मनोरञ्जन क्षेत्र, उद्यान क्षेत्र र सङ्ग्रालय आदि रहने छन् ।
स्मृति क्षेत्रमा शान्ति पिरामिड, शान्ति स्तुपा र निजामती स्मारक रहने छन् । यसका लागि समितिले ७२ रोपनी जग्गा छुट्याएको छ ।
प्रस्तावित मनोरञ्जन क्षेत्रमा नेपालमा पाइने सबै प्रजातिका फूल तथा बोटविरुवा रहनुका साथै मृगस्थली पनि रहने छन् । यस क्षेत्रमा व्यवस्थितरुपमा पिकनिक स्थल पनि निर्माण गरिने छ ।
पार्क सञ्चालनका लागि कार्यविधि, प्रशासनिक तथा कार्यविधि नियमावली, मर्मत सम्भार निर्देशिका, वातावरणीय व्यवस्थापन योजना पनि तयार गरेको अध्यक्ष सिग्देलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया