Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
पोखरा- माओवादी निकट यातायात मजदुरले आफ्नै संगठनका अर्का मजदुरलाई बिहीबार निर्घात कुटपिट गरेका छन् । पृथ्वीचोकको वाइसिएल क्याम्पभित्र जाँदै गरेका अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष रीम बस्याललाई आफ्नै संगठनका पदाधिकारीले कुटेका हुन् ।
नाक, मुख र टाउकोमा गम्भीर चोट लागेका बस्यालको फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ । उनी बोल्न नसक्ने अवस्थामा छन् । क्याम्पतर्फ गईरहेका बस्याललाई पछाडिबाट हेल्मेटले कुटेका थिए ।
नयाँ बस समिति दर्ता गर्ने प्रक्रियामा सघाएको भन्दै कुटपिट गरेको बस्याल निकटका मजदुरले बताएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघ कास्की संयोजक रुद्र गौतम, अखिल नेपाल यातायात मजदुर संघका सदस्यद्वय लेखबहादुर गुरुङ र गुण्डाराज श्रेष्ठले कुटेको मजदुरले आरोप लगाएका छन् ।
‘कसैले स्वतन्त्र तरिकाले व्यवसाय गर्छु भन्दा पनि नपाउने अवस्था आएको छ’ श्रेष्ठले भने, ‘आफ्नै संगठनका पदाधिकारीले हामीलाई असहयोग गरेका छन्।’
तपाईको प्रतिक्रिया