Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको मालढुङ्गा सम्मको कच्ची सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । भारतिय सरकारको सहयोगमा गत जेठदेखि शुरु भएको कामको सडक चौडा गर्ने, नाली खन्ने, कलभर्ट हाल्ने लगायतका काम पुरा भई आज बुधबारदेखि कालोपत्रेको काम शुरु भएको स्थानिय ठेकेदार नारायण जिसीले बताएका छन ।

आउँदो बैसाख महिनासम्ममा कालोपत्रेको सम्पूर्ण काम सक्ने गरी काम धमाधम रुपमा अगाडी बढेको भन्दै उनले पहिलो दिन करिव एक सय मिटर कालोपत्रे गरिएको जानकारी दिए । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकामसम्म जोड्ने उक्त सडकको बैकल्पिक मार्ग नभएका कारण कालोपत्रेको काममा ट्राफिक जामका कारण समस्या भएको पनि उनले बताए ।

भारतिय सरकारको सहयोगमा आठ करोड ९४ लाखको लागतमा गबार एमडी जेवि कम्पनीले जिम्मा लिएको काम स्थानीय ठेकेदार नारायण जिसीले जिम्मा लिएका छन् । २०५२ सालमा म्याग्दी सदरमुकाम जोड्न खनिएको सडकको यसअघि स्थानीय उपभोक्ता समितिले करिव चार किलोमिटर सडक कालोपत्रे गरिसकेको थियो ।

उपभोक्ता समितिले गरेको कालोपत्रे पनि अधिकांस भाग उक्किसकेको हुनाले मालढुङ्गा सम्म नै कालोपत्रे गर्नुपर्ने जिसीले बताए । सदरमुकाम बेनी हुँदै आवश्यक गिट्टी, बालुवा लगायतका सामाग्री ओसार्नुपर्ने र सामान ओसार्दा बिहान ९ देखि १० र साँझ ४ देखि ५ बजेसम्म बेनीमा ट्राफिक समस्या हुँदा कालोपत्रेको काममा समस्या परेको पनि उनले बताए ।

सांगुरो एवं कच्ची बाटोका कारण यातायात ब्यवसायीहरुले उक्त खण्डको सवारी भाडा अहिलेसम्म मनपरी लिने गरेकोले यात्रीहरु मारमा पर्ने गरेको जनगुनासो रहंदै आएको थियो । करिव १३, १४ किमी दुरी रहेको उक्त सडक खण्डको भाडा नेपालमै सर्बाधिक महंगोका भाडाका रुपमा मानिदै आएको थियो । ***

तपाईको प्रतिक्रिया