Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं – द्वन्द्व पीडितका लागि वितरण गरिने राहत रकमको निकासा गर्न आग्रह गर्न अर्थमन्त्रालय गएकी शान्ति मन्त्री सत्या पहाडी र अर्थसचिव कृष्णहरी बाँस्कोटाबीच भनाभन भएको छ । सरकारको निर्णयअनुसार उपलब्ध गराउने राहत रकम विनियोजन गर्न पटकपटक आग्रह गर्दा पनि अर्थमन्त्रालयले निकासा नगरेपछि छलफल गर्न भन्दै गएकी मन्त्री पहाडीको आग्रह अर्थसचिव बाँस्कोटाले अस्वीकार गरेपछि विवाद भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अर्थमन्त्री बर्षमान पुन अनन्तसँग छलफल गर्न गएकी मन्त्री पहाडीलाई मन्त्री पुनले सचिवसँग सल्लाह गर्न आग्रह गनुभएको थियो । तर छलफलका क्रममा रातो किताबमा छुट्टाईएको रकम दिईसकेकाले बजेट निकासा गर्न नसकिने जवाफ सचिव बाँस्कोटाले फर्काउनु भएको थिए ।
राहत वितरण गर्ने रकम नभएर तनावमा परेकी मन्त्री पहाडीले प्रधानमन्त्री अर्थमन्त्रीले नै शान्ति प्रकृया अगाडि बढाउन प्रतिबद्धता जनाएकाले ५५ करोड रुपैया आवश्यक परेको भन्दै विनियोजन गर्न आग्रह गर्नुभएको थियो । ‘प्रधानमन्त्री र मन्त्रीले भन्दैमा रकम दिने यो राणा शासन हो र ’ अर्थसचिवको जवाफ उद्धृत गर्दै श्रोतले भन्यो ।
अर्थमन्त्रालय स्रोतकाअनुसार बाँस्कोटा झर्किएपछि आक्रोषित भएकी शान्ति मन्त्री पहाडीले सचिव बाँस्कोटालाई ‘तपाई शान्ति र संविधान विरोधी हो ?’ भनेर प्रश्न गरेपछि अर्थसचिव बास्कोटाले ‘सैद्धान्तिक कुरा नगर्नुस’ भनेर पन्छिनु भएको थियो ।  तर शान्ति मन्त्री पहाडीले अर्थमन्त्री बर्षमान पुन अनन्तले शान्ति प्रकृया अगाडि बढाउन आवश्यक रकम विनियोजन गर्ने भनेकाले त्यस्तो केही नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ अर्थमन्त्री पनि शान्तिमन्त्री बनेर जानुभएको हो उहाँलाई यो समस्या थाहा छ त्यस्तो केही भएको होईन ।’ मन्त्री पहाडीले आर्थिक समस्या भएपछि शान्ति तथा पुननिर्माण मन्त्रालयले द्धन्द्ध पीडितलाई क्षतिपूर्ति उलब्ध गराउन नसकेको स्वीकार गर्नुभयो ।
शान्ती मन्त्री सत्या पहाडीले शान्ति प्रकृया अगाडि बढ्दै जाँदा नसोंचेको क्षेत्रमा रकमहरु खर्च हुँदै गएको जानकारी दिदै अर्थमन्त्रालयले रकम उपलब्ध नगराए द्वन्द्व पीडितले राहत नपाउने स्पष्ट पार्नुभयो । ***
तपाईको प्रतिक्रिया