Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरु व्यस्त हुने र कार्यकर्ताहरु कामविहीन हुने अवस्थाको अन्त्य गरी पार्टीले कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् ।
माओवादी सम्बद्ध थारु राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय समितिको बैठक र प्रशिक्षणमा दाहालले यस्तो बताएका हुन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराइले प्रशिक्षण दिए ।
बैठकमा थारु नेताहरुले राज्यपुनःसंरचनाको क्रममा कैलाली र कञ्चनपुर जिल्लालाई सेती महाकाली राज्यमा लैजाने भनी आएका अभिव्यक्तिप्रति आपत्ति जनाएपछि अध्यक्ष दाहालले ती जिल्लालाई थारुवान राज्यमै राखिने र पार्टीको नीति पनि त्यही रहेकाले ढुक्क हुन आग्रह गरेको मोर्चाका महासचिव तथा सभासद् इन्द्रजित चौधरीले जानकारी दिए ।
त्यस्तै समावेसी विधेयकमा थारु समुदायलाई मधेसी समुदायभित्र राखिएको भन्दै मोर्चाका नेताहरुले आपत्ति जनाएपछि प्रधानमन्त्री भट्टराईले त्यसलाई सच्याउने आश्वासन दिएको महासचिव थारुले जानकारी दिए ।
बैठकमा माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टी नीतिविपरीत द्वन्द्वकालमा कब्जा जग्गा फिर्ता गर्ने कार्य पार्टीले गरेको धारणा राखे ।
मङ्गलबारदेखि सुरु भएको प्रशिक्षण प्रधानमन्त्री भट्टराईको कार्य व्यस्तताका कारण केही समय बसेर स्थगित भएको थियो ।
तपाईको प्रतिक्रिया