Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
दाङ – माओवादीका अवकाश प्राप्त लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा भएको छ । भेलाको उद्‍घाटन एकीकृत माओवादीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले गरेका छन् । भेलाको उद्घाटन गर्दै थापाले अझैं देशमा सामन्तवाद र साम्राज्यवादको अन्त्य नभएको भन्दै त्यसका लागि जनमुक्ति सेनाको भूमिका झनै बढेको बताए।
भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका लडाकु सहभागी छन् । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर बेवास्ता गरेकाले भेला गरेको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताए ।
एक अर्को प्रसङ्गमा थापाले प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वको सरकारले जनविरोधी काम गरिरहेको भन्दै तत्काल राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन्।
भेलामा स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द विप्लव, थारुवान राज्य समिति ईञ्चार्ज हरिभक्त कँडेल लगाएतका नेता छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई निमन्त्रणा गरे पनि उपस्थित नभएको लडाकुले गुनासो गरे । भेलामा ३ सय बढी लडाकु सहभागी छन् ।
तपाईको प्रतिक्रिया