Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
इटहरी- आइतबार राति राकेश चौधरी र आरती चौधरीको विवाह समारोह चलिरहेको थियो। तराइको परम्पराअनुसार बेहुली पक्षबाट बेहुलालाई दिने दाइजोका सबै सामान तयार राखेका थिए। राम्रोसँग विवाह समारोह चलिरहेका बेला एक्कासि बेहुला-बेहुलीका आफन्तब बीच झडप सुरु भयो।
झन्डै आधा घण्टासम्म भएको भिडन्तपछि बेहुला पक्षका आफन्तले बेहुलालाई विवाह तोड्न दवाव दिए। कतिपय त भागभाग भए। बेहुला भने के गरौं र कसौ गरौंको अवस्थामा देखिए। उनी सम्हालिएकाले गर्दा वैवाहिक समारोहमा कुनै बिघ्न भएन। तर, अन्तत वेहुलाले भने बेहुली लान भने अस्वीकार गरे। बेहुलासहित विवाहमा आएका जन्ती बेहुली बेगर नै घर फर्किए।
सुनसरी मधेसा-६ का २५ बर्षीय राकेश चौधरी र पकलीकी २४ बर्षीया आरती चौधरीबीच मागी विवाह भएको हो। वैवाहिक कार्यक्रम सकेर राकेशले आरतीलाई लान अस्वीकार गरेपछि अहिले आरतीको परिवार चिन्तामा डुबेको छ। बेहुलालाई दाइजो दिइएका सामान कोठाभरी छन्।
‘बेहुली लाने त ज्वाइँले टेलिफोन गरेर बताइरहनुभएको छ तर पनि अहिलेसम्म नलगेपछि अब छोरीको भविष्य के हुने टुङ्गो छैन,’ आरती आमा पुनमदेवी चौधरीले सम्हालिदै भनिन्। सहमतिका लागि दुवै पक्ष जुटेका छन्।
‘बेहुलीका काकाका छोराले मेरा काकाका छोरामाथि आक्रमण गरेर घाइते बनाए, अनि कसरी बेहुली ल्याउँनु?’ राकेशले भने, ‘ल्याउने वातावरण नभएकाले नल्याएको हो, घटना विस्तारै सहज भएपछि मात्र ल्याउनेछु।’ उनले घटना मिलेपछि दुई पक्षबीच सहज वातावरण भएपछि मात्र बेहुली लगिने बताए।
शुरुमा आक्रमण भएलगतै घाइतेलाई अस्पताल लान समेत त्रासले गर्दा कसैले हिम्मत गरेनन। पछि मधेसाबाट थप युवा बोलाएर घाइतेलाई अस्पताल पुर्‍याएको थियो।
बुहेलीका भाई पर्ने आसुतोष चौधरीले राकेशका भाई लक्ष्मीसुमन चौधरी र सन्जु चौधरीलाई आक्रमण गरी घाइते बनाएका थिए। घाइतेमध्ये लक्ष्मीसुमनको भारतको सिलगुढीमा उपचार भइरहेको छ भने सन्जु बिराटनगरमा उपचारपछि घर फर्केका छन। दुईपक्षीयबीच झडप हुनुको कारण भने अहिलेसम्म पनि खुल्न सकेको छैन। ‘सवै जना विवाहमा व्यस्त थियौ, कसरी घटना हुन पुग्यो, हामीलाई त केही जानकारी छैन,’ आरतीका भिनाजु जोगेन्दर चौधरीले भने, ‘एक्कासि भिडन्त भएको मात्र देखियो।’
तपाईको प्रतिक्रिया