Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- नेकपा (एमाले) स्थायी कमिटीको बैठकले शान्ति प्रक्रियालाई यथासक्य चाँडो निष्कर्षमा पुर्‍याउन र यसका लागि माओवादी लडाकुको समायोजन कार्य पूरा गरी शिविर खाली गर्न जोड दिएको छ। गत कात्तिक १५ गते राजनीतिक दलहरुबीच भएको सहमतिअनुरुप उक्त कार्य सम्पन्न गर्दै संविधान निर्माणमा राजनीतिक दलहरुबीच विश्वास र सहमतिको वातावरण सिर्जना गर्न पनि एमाले स्थायी कमिटीले जोड दिएको सो पार्टीका सचिव युवराज ज्ञवालीले जानकारी दिए।
‘तर विगतमा भएको सहमतिविपरीत एनेकपा (माओवादी) र प्रधानमन्त्रीको तर्फबाट प्रकट भएको विचार शीर्ष तहमा भएका राजनीतिक दलबीचको सहमतिविपरीत भएको देखिएको छ।’ एमालेले भनेको छ- ‘फागुन ३० गते विशेष समितिको बैठकमा प्रधानमन्त्रीले केही समयअघि सार्वजनिक हुँदा व्यापक आलोचना भई नेपाली सेनाले समेत विज्ञप्ति प्रकाशित गरी खण्डन गरिएको प्रस्तावलाई नै प्रारम्भिक प्रस्ताव भन्दै पेस गरेकामा हामी आश्चर्यचकित भएका छाँैं। त्यो प्रस्ताव एमालेलाई मान्य छैन।’
बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको भव्यतापूर्वक सम्पन्न भएको निष्कर्ष पनि निकालेको छ।
गत फागुन २१-२३ मा काठमाडौँमा सम्पन्न परिषद्को बैठकले सङ्गठन सुदृढीकरण तथा जनपरिचालन अभियान, आन्तरिक एकता सुदृढीकरण प्रस्तावसमेतका कारणले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको उद्घाटन समारोह सङ्गठित र योजनाबद्धरुपमा प्रचार र जनपरिचालन भएको निचोड निकालेको छ।
तर परिषद्का सदस्यहरुको मनोनयनको काम समयमा सम्पन्न गर्न नसक्दा समयमै बैठक आरम्भ गर्न नसकिएकामा बैठकले कमजोरी महसुस गरेको छ।
बैठकले मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिन र आपराधिक कार्यलाई प्रोत्साहन नगर्न र मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि जोड दिएको छ।’
तपाईको प्रतिक्रिया