Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
गोरखा- बोक्सोको आरोपमा मंगलबार यहाँ एक जनाको बन्चरो प्रहार गरी हत्या भएको छ । थुमी-६ का ५८ वर्षीय गोठे सार्कीलाई उनकै काकाका छोरा हिराबहादुर भनिने काले सार्कीले हत्या गरेका हुन् ।
ज्वरो आएर सुतिरहेका गोठेको टाउकोमा कालेले बन्चरो प्रहार गर्दा उनको तत्कालै मृत्यु भएको थियो । ‘मृतकको निधारबाट सीधा तल एघार इन्चको गहिरो चोट छ,’ इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक पुष्पराज मल्लले भने ।
गोठे र उनकी श्रीमतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै ४० वर्षीय कालेले एक महिनाअघि पनि झगडा गरेको मृतकका जेठा छोरा मंगलले बताए ।
हत्या गरेलगत्तै भागेका कालेलाई प्रहरीले तीन घन्टापछि जंगलबाट पक्राउ गरेको छ ।
मृतक गोठेका ६० वर्षीया श्रीमती र दुई छोरा छन् ।
तपाईको प्रतिक्रिया