Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- घाँटीमा रहेको हड्डीको समस्या (स्पन्डोलोटिक सर्भिकल माइलोप्याथी) का कारण जापान पुगेर शल्यचिकित्सा गराएर फर्केका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अझै सन्चो हुन सकेका छैनन् ।
नेपालका सम्बद्ध चिकित्सकको परामर्शमा जापान गएर सर्ज गराएका उनी अहिले पनि मन्त्रालयको काम घरमै बसेर गरिरहेका छन् । ‘स्पाइनल कर्डमा घाउ देखिएपछि डेढ महिनाअघि९जनवरी १९ मा० सर्ज गराएको थिएँ । सर्जपछि कम्तीमा तीन महिना टाउकोलाई आराम दिनुपर्ने सुझावअनुसार आरामीमा बसेको हुँ,’ उनले भने । अति आवश्यक काम घरबाटै र सातामा तीन चार दिन एक दुई घण्टा मन्त्रालयमा बसेर पनि काम गर्ने गरेको उनले बताए ।
नेपालमै हुने उपचारका लागि जापान गएको भनी आलोचना गरेकोमा उनले चित्त दुःखाए । ‘यो घाउ बढ्दै गएमा प्यारालाइसिसको खतरा रहने जानकारी पाएपछि म सर्जमा हतारिएको थिएँ । मेरो घाटीबाट हातका दुबैतर्फ जाने नशा पनि थिचिएका थिए । मेरा टाउकाका बिभिन्न पाटोमा चारवटा सर्ज भएका छन्, खाँदिएको स्पाइनल-कर्डलाई स्पेश दिन सर्ज समेत भएको छ,’ उनले भने, ‘यत्ति गम्भीर कुरालाई भ्रष्टाचारमा लगेर जोडेकोमा दुःख लागेको छ ।’
श्रेष्ठले आफू मेडिकल काउन्सिलको सिफारिसमा नै जापान गएको बताए । उनले आफूलाई जापान जान प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पार्टीका नेता र नेपाली चिकित्सकहरुले सल्लाह दिएकोसमेत बताए ।
प्रधानमन्त्रीसँग पनि असन्तुष्टि
श्रेष्ठले आफू विरामी हुँदा पनि एक महत्त्वपूर्ण बैठकका लागि प्रधानमन्त्रीले कार्यालय बोलाएर ‘मानसिक दबाब’ दिएको निकतवर्तिहरुसँग बताउने गरेका छन् । ‘मैले नभेटि नहुने भए तपाईं नै आउनुस् म सक्दिन’ भनेपछि उहाँ नै मेरो निवास आउनुभयो,’ उनको भनाइ हुने गरेको छ ।
तपाईको प्रतिक्रिया