Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- तीन पञ्च दलबीचको एकता अन्ततः रोकिएको छ । राप्रपा नेपालले संवैधानिक राजतन्त्रभन्दा एक इन्च तल नझर्ने अडान लिएपछि एकता रोकिएको हो ।
राप्रपा, जनशक्ति र राप्रपा नेपालबीच एकता हुने अन्तिम तयारी भए पनि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई भेटेर राजतन्त्रबारेको आफ्नो अडान स्पष्ट पारेका हुन् । तीनै दल राप्रपाबाट अलग अलग समयमा फुटेका हुन् ।
तर राप्रपा र जनशक्ति पार्टीले धर्मनिरपेक्षताबारे भने जनमत संग्रहमा जानुपर्ने राप्रपा नेपालको अडानमा सहयोगी बन्ने धारणा राखे ।
तपाईको प्रतिक्रिया