Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- संवैधानिक समितिले संविधान निर्माणमा देखिएका समस्या समाधान गर्नेगरी अझ केही समय समग्रतामा सहमति कायम गर्ने प्रयास गर्न उपयुक्त हुने प्रस्ताव अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकमा विवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहालले समग्रतामा सबै विषयमाथि सहमति कायम गर्न अझै केही समय अन्तिम प्रयास गर्न उपयुक्त हुने विषयमा दलहरूबीच समझदारी भएको जानकारी गारएपछि समितिले त्यससम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको हो।
बैठकको प्रारम्भमा उपसमितिका संयोजक दाहालले शान्ति र संविधानका बारेमा उपसमिति र शीर्ष बैठकमा भएका काम कारबाही र प्रगतिका बारेमा जानकारी गराएका थिए।
सो क्रममा उनले निरन्तर प्रयासको बाबजुद संविधानका टुङ्गो लाग्न बाँकी मूलभूत सबै विषयमाथि सहमति कायम गर्ने प्रयास निष्कर्षमा पुग्न नसकेको जानकारी दिए।
संविधान निर्माणसँग अन्तरसम्बन्धित र शान्ति प्रक्रियासँग सम्बन्धित महत्वपूर्ण विषयहरू समेत एकैसाथ टुङ्गो लगाउनुपर्ने आवश्यकताले गर्दा यी संवेदनशील विषयहरूमा गम्भीर छलफल भई सहमति कायम गर्न समय लागिरहेको भनाइ माओवादी अध्यक्ष दाहालको थियो।
बैठकमा समितिका सभापति नीलाम्बर आचार्यले संविधानसभाको निर्णय बमोजिम टुङ्गो लाग्न बाँकी मूलभूत सबै विषयमाथि सहमति कायम गर्न कार्यव्यवस्था परामर्श समितिले आजसम्मको मात्र समयावधि प्रदान गरेको बारेमा बैठकको ध्यानाकर्षण गराएका थियो।
संवैधानिक समितिको अर्को बैठक पछि सूचना जारी गरेपछि बस्ने गरी आजको बैठक स्थगित भएको समितिका सदस्य कल्पना राणाले बताइन्।
तपाईको प्रतिक्रिया