Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- सेना समायोजन विशेष समिति सचिवालयले एकिकृत नेकपा माओवादीका १३ वटा सहायक शिविर खाली गर्ने कार्य सम्पन्न गरेको छ । विशेष समितिको निर्देशन अनुसार सचिवालयले लडाकुका १३ वटा सहायक शिविर सोमबार खाली गरिसकेको हो ।
‘माओवादीका १३ वटा शिविरमा रहेका लडाकु र हतियारलाई अन्य शिविरमा सार्ने काम सकिएको छ,’ सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए, ‘सिन्धुली एक ठाउँमा मात्र हतियार कन्टेरभित्र राख्न बाँकी छ । मंगलबार विहान यो पनि सकिन्छ ।’
लडाकु र त्यहाँ रहेका हतियारलाई नजिक रहेका मुख्य शिविरमा सारी सिन्धुली बाहेक अन्य शिविरमा खटीएका सचिवालयका सदस्यहरु सोमबार नै राजधानी फर्कीसकेको शर्माले जनाए । सिन्धुलीमा पनि लडाकु सार्ने काम सकिएको र हतियार गणना गरी दाखिला गर्ने काम मात्र बाँकी रहेको उनले बताए ।
शर्माका अनुसार खाली गरिएका १३ सहायक शिविरको सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी सशस्त्र प्रहरी र नेपाली सेनालाई दिईएको छ, जसमध्ये ८ वटा सशस्त्र र ५ वटा सेनाको जिम्मा लगाईएको छ ।
तपाईको प्रतिक्रिया