Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- नेकपा (एमाले) को राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकमा श्रीमान/श्रीमती नै प्रतिनिधिका रूपमा सहभागी भए । उनीहरूको सहभागिताले नेकपा -एमाले)मा श्रीमान्सँगै काँधमा काँध मिलाएर राजनीतिमा सक्रिय हुने महिलाको सङ्ख्या पनि कम छैन भन्ने देखिएको छ ।
परिषद्मा पर्ने जोडीमा विभिन्न तह र तप्काका रहेका एमाले मुखपत्रले जनाएको छ । अमृतकुमार बोहरा अनुशासन आयोग अध्यक्ष र अष्टलक्ष्मी शाक्य पोलिटब्युरो सदस्यका रूपमा राष्ट्रिय परिषद बैठकमा प्रतिनिधित्व गर्नुभयो । वामदेव गौतम केन्द्रीय कमिटी र तुलसा थापा मनोनीतबाट प्रतिनिधि हुनुहुन्छ । त्यस्तै, नरेश खरेल पार्टी केन्द्रीय कमिटी र पवित्रा निरौला झापाबाट प्रतिनिधित्व गर्नुहुन्छ । रघुवीर महासेठ केन्द्रीय कमिटी र जुलीकुमारी महतो धनुषा निर्वाचन क्षेत्र नम्बर चारबाट प्रतिनिधित्व गर्नुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटी र श्रीमती गायत्री नेपाल मनोनीत भएर राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा प्रतिनिधित्व गर्नुभयो । भरतमोहन अधिकारी केन्द्रीय कमिटी र श्रीमती सविता अधिकारी सल्लाहकार परिषद्बाट बैठकमा सहभागी हुनुभएको छ । अशोककुमार राई केन्द्रीय कमिटी र श्रीमती सुशीला श्रेष्ठ सल्लाहकार परिषद्बाट बैठकमा प्रतिनिधित्व गर्नुभयो । महासचिव ईश्वर पोखरेल केन्द्रीय कमिटी र मीरा ध्वोंजु सल्लाहकार परिषद्बाट प्रतिनिधि गर्नुभयो ।
यसरी राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा प्रतिनिधित्व गर्नुहुने जोडीमा सचिव शङ्कर पोखरेल केन्द्रीय कमिटी र सुजिता शाक्य अनेमसङ्घ, कृष्णगोपाल श्रेष्ठ केन्द्रीय कमिटी र बिना श्रेष्ठ नेपाल टे्रड युनियन महासङ्घबाट, कल्याणी खड्का केन्द्रीय कमिटी र रामकुमार भट्टराई रौतहटबाट, गोरखबहादुर बोगटी केन्द्रीय कमिटी र कविता बोगटी कर्णाली सम्पर्क कमिटीबाट हुनुहुन्थ्यो । त्यस्तै, गौरा प्रसाईं केन्द्रीय कमिटी र गोविन्द कोइराला सल्लाहकार परिषद्बाट सहभागी हुनुहुन्छ ।
प्रगतिशील कानुन व्यवसायी सङ्घका उपाध्यक्ष रुद्र नेपाल र अर्थ योजना तथा अनुसन्धान विभागका सचिव मीना ज्ञवाली, बाग्मती सचिव शेरबहादुर तामाङ र खोटाङबाट उषाकला राई पनि प्रतिनिधि हुनुहुन्थ्यो । केन्द्रीय नेताहरूका जोडी मात्र नभएर विभिन्न जिल्ला तहबाट समेत जोडी राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी भए । बर्दियाका दीपकबहादुर राना मगर र श्रीमती लीला राना मगर, लेखा परीक्षण आयोगबाट मस्तबहादुर गरञ्जा र भेरी-काठमाडौँ सम्पर्क विशेष कमिटीबाट मिना गरञ्जा प्रतिनिधि हुनुहुन्थ्यो । कणर्ालीका अग्रज नेता तुलाराज विष्ट र विजया विष्ट पनि प्रतिनिधि हुनुहुन्थ्यो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट भूमिका सुब्बा र वसन्त नेम्वाङ पनि प्रतिनिधि हुनुहुन्थ्यो । त्यस्तै, सल्लाहाकार परिषद्बाट भीम आचार्य र श्रीमती नीरा आचार्यले सुनसरीबाट प्रतिनिधित्व गर्नुभएको थियो । सिरहाबाट जया घिमिरे र निर्वाचन विभागका सचिव नरेन्द्रराज पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।
सल्लाहाकार परिषद्का सदस्य हर्कमान तामाङ र श्रीमती यशोदा अधिकारीको जोडी पनि यो ‘मिनी महाधिवेशन’ मा छुटेन । आठौँ महाधिवेशनमा पनि यो जोडी प्रतिनिधिका रूपमा सहभागी थियो । केन्द्रीय निकायबाट गणेश विक र उत्पीडित मुक्ति समाजबाट श्रीमती पार्वती आग्री पनि अर्को जोडीको रूपमा प्रतिनिधि हुनुहुन्थ्यो । रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गरेका डा. कृष्ण न्यौपाने र महिलाकोटाबाट मनोनीत भएर जानुका न्यौपाने पनि प्रतिनिधि हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया