Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- राजधानीमा एएफसी च्यालेन्ज कप फुटबल भएपछि नेपाली राजनीतिकमा फुटलबका शब्द चर्चित भएका छन् ।
फुटबल उदघाटन गर्न आएका फिफा अध्यक्ष सेप ब्लाटरले झन् फुटबलले राजनीतिलाई बाँधेको र नेपाली टिम मेसी बिनाको बार्सिलोना भनेपछि शब्द प्रयोग बढेका छन् । अहिले शान्ति र संविधानमा पनि ‘फिनिसिङ’ र ‘मेसी’ शब्द चर्चित छ ।
खेल उदघाटनको भोलिपल्ट सभामुख सुवासचन्द्र नेम्वाङले शान्ति र संविधानको काम फिनिसिङतिर लैजान प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका थिए ।
यसैगरी नेम्वाङ्गले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति र संविधान निर्माणको खेलमा फटाफट गोल गरी ‘मेसी’ बन्न आइतबार आग्रह गरे ।
जेठ १४ नजिकिदै गर्दा पनि शान्ति र संविधान निर्माणले गति नलिएपछि अध्यक्ष नेम्वाङ्गले माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुसंग आइतबार आफ्नै कार्यकक्षमा छलफल गरेका हुन् ।
एएफसी च्यालेन्ज कपमा नेपाली राष्ट्रिय टिमले ‘फिनिसिङ्ग’ गर्न नसक्दा हार्नुपरेको सन्दर्भ उल्लेखगर्दै नेम्वाङ्गले दाहाललाई मेसी बन्न प्रेरित गरेका हुन् । चर्चित ‘स्टाइकर’ लियोनाल मेसीले केही समय अघि मात्र युरोपियन च्याम्पियनस लिगको एकै खेलमा पाँच गोल गरेका थिए ।
दुई वर्षअघि दशरथ रंगशालामा भएको कलाकार-नेता फुटबलमा प्रचण्डलगायत नेताहरु । फाइल तस्बिर
तपाईको प्रतिक्रिया