Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले आइतबारदेखि सुरु गरेको आम शैक्षिक हड्ताल तत्काललाई फिर्ता भएको छ ।
५ दिनका लागि हड्ताल स्थगित भएपछि सोमबारदेखि विद्यालय खुलेका छन् । हड्तालले ७५ लाख विद्यार्थी प्रभावित भएका थिए ।
सभामुख सुवास नेम्वाङ, शिक्षा मन्त्री दिनानाथ शर्मा र सरकोकारवालाबीच आइतबार राति अबेरसम्म भएको वार्ताले हड्ताल अन्त्य गर्ने निर्णय गरेको हो ।
वार्तामा सहभागी एक प्रतिनिधिका अनुसार तत्काल ५ दिन स्थगित गरेर हड्तालको सुरक्षित अवतरण गर्न लागिएको हो । सरकारले ४७ बुँदे माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल स्थगित गर्न लागेको ती सहभागीले बताए । शिक्षा ऐनको आठौं संशोधनका लागि तयार विधेयकमा शिक्षकका माग समेट्ने मन्त्रीले प्रतिबद्धता गरेको उनले बताए ।
आइतबार गरेको आम हड्तालका कारण मुलुकका ७५ लाख स्कुले बालबालिकाको पढाइ बिथोलिएको छ । बन्दले कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि स्थगित भयो ।
तपाईको प्रतिक्रिया