Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १४ गते भित्र  संविधान निर्माण नभए नेपाली सेना वा माओवादीमध्ये कुनै एकले सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको छ ।
सुनसरीको इटहरीमा आज पत्रकार सम्मेलनमा वोल्दै थापाले जेठ १४ पछिको अवस्थामा जसको शक्ति उसैको भक्तिको अवस्था सृजना हुने र बन्दुकधारी कुनै एक शक्तिले कब्जा गर्ने चेतावनी दिनुभएको हो । देशमा  माओवादी र नेपाली सेनासँग मात्र बन्दुक भएकोले दुईमध्ये एकले सत्ता कब्जा गर्ने दावी गर्नुभएको छ ।
त्यस समयमा नेपाली सेना पुर्वराजाबाट परिचालित हुने समेत नेता थापाले संकेत गर्नुभयो । आफूहरुसंग बन्दुक नभएको र शान्तीपूर्ण तरिकाले राजतन्त्रको पक्षमा लडिरहने समेत नेता थापाले बताउनुभयो । थापाले राजा विनाको नेपाल अस्थिर हुने दावी गर्दै राजतन्त्र फर्काएरै छाड्ने ठोकुवा गर्नुभयो ।
तपाईको प्रतिक्रिया