Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– नेपालस्थित जापानी राजदूत कुनिओ ताकाहाशीले गत वर्ष गएको भूकम्प र सुनामीमा नेपालबाट न्यानो माया पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।
भूकम्प र सुनामीको पहिलो वार्षिकीको अवसरमा आइतबार धन्यवाद ज्ञापन गर्दै ताकाहाशीले भनेका छन्, ‘संकटको घडीमा नेपालले हामीलाई ५००० वटा कम्बलका साथै नगद सहयोग प्रदान गरेको थियो, अझै पनि जाडो बाँकी रहेको क्षतिग्रस्त तोहोकु क्षेत्रका आफ्ना आफन्त तथा शुभ चिन्तकहरु गुमाएर निराश भई बसेका बासिन्दाहरुको मन तपाईंहरुको न्यानो माया र सहयोग पाउँदा कति हलुका भयो होला ?’
ताकाहाशीले भूकम्प पीडितको सम्झनामा नेपालमा भएका प्रार्थना सभा र सहानुभूतिले दूतावासमा ओइरो लागेको उल्लेख गरेका छन् । ‘हामीले गर्न सक्ने केही छैन भन्दै आएका बाबु–छोरा, विद्यार्थीहरु जापानीहरुले दुःख पाएकामा आँशु बगाएका मित्रहरुलाई हामी कहिल्यै पनि विर्सन सक्दैनौं,’ उनले भनेका छन् ।
 सन्देशको पूर्णपाठ:
तपाईको प्रतिक्रिया