Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक ओमनमा पानीजहाज दुर्घटनामा गम्भीर घाइतेलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
पानीजहाज दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौंस्थित क्यापिटल हस्पीटलमा उपचाररत गोरखा धुवाँकोट गाविसका रमेश दमाईलाई आईएमइको तर्फबाट २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको हो । आईएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोग प्रदान गर्नुभएको हो ।
‘विशुद्ध मानवीय सेवाको उदेश्यले उपचाररत दमाईको उपचारका लागि प्रदान गरिएको यो सहयोगले दुर्घटनाबाट घाइते दमाईको स्वास्थ्य उपचारमा महत्त्वपुर्ण सहयोग पुग्नुका साथै अश्रति परिवारमा समेत राहत मिल्ने विश्वासका साथ घाइते श्री रमेश दमाईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,’ ढकालले आफ्नो सन्देशमा भन्नुभएको छ ।
आईएमईले आफनो स्थापनादेखि नै सुरक्षित, छिटो र भरपर्दो रेमिट्यान्स सेवा आम ग्राहकलाई प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा सकि्रयताका साथ सहभागी हुँदै आएको छ । आफ्नो बिश्वासनिय सेवामार्फत ग्राहकको मन जित्नुका साथै बैदेशिक रोजगारीका क्रममा रहेका नेपाली दाजुभाईलाई आईपर्ने समस्याबाट पीडितलाई संस्थाले राहत प्रदान गर्दै आएको छ ।
सुरक्षित रेमिट्यान्स सेवा सँगै सामाजिक उत्तरदायित्व अन्र्तगतका बिभिन्न कार्यक्रममा निर्वाह गदै आएको आईएमईको सकि्रय सहभागिताले आईएमईप्रति आम ग्राहकको बिश्वास बढ्दै गएको छ । आईएमईको आम ग्राहकको यहि बिश्वासलाई कायम राख्ने र सुरक्षित रेमिट्यान्स सेवाको पँहुचलाई अझै बिस्तार गदै जाने क्रममा हामीले बिभिन्न सामाजिक एवं मानविय सहयोगको क्रमलाई निरन्तरता दिदै आएको छ ।
‘आईएमईका ग्राहकका लागी निर्वाह गदै आएको यहि भुमिकालाई संस्थागत गर्न विदेशमा काम गर्ने नेपाली दाजुभाई र निजका परिवारको हितका लागी कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएका छौं,’ संस्थाले भनेको छ, ‘यस्ता कार्यक्रममार्फत बैदेशिक रोजगारीका क्रममा आईपर्ने समस्याबाट पिडित आईएमईका ग्राहकका लागी राहत प्रदान गर्नु मुख्य उदेश्य हो ।’
तपाईको प्रतिक्रिया