Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
लिस्बन- बिगत ४-५ बर्ष देखि लगातार सामाजिक सुरक्षण कर तिर्दै रेसिडेन्सी आवेदन गरे पनि हालसम्म बैधानिक बसोबास अनुमति प्राप्त गर्न नसकेका नेपालीहरुको समस्या समाधानको निमित्त एनआरएन पोर्चुगलले बरिष्ठ अध्यागमन कानुन बिशेषज्ञ डा. मोनिका गास्पर मेन्डेससंग परामर्श र छलफल गरेको छ।
संघको रोसियो स्थित कार्यालयमा हालै भएको उक्त अन्तरकृया कार्यक्रममा संघका पदाधिकारी तथा लामो समयसम्म रेसिडेन्सि नपाएका पिडित प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो।
पीडित नेपालीहरुका समस्याहरुको बिषयमा संघका अध्यक्ष रमेश गुरुङ् र सल्लाहकार लक्ष्मी प्रसाद सापकोटाले जानकारी गराउनु भएको थियो भने छलफलमा उपस्थित हुनेहरुले आफ्ना बिभिन्न समस्या तथा जिज्ञासाहरु प्रस्तुत गर्नु भएको थियो।
१२ बर्ष भन्दा बढि अबधिको अध्यागमन सम्बन्धि अनुभव भएकी कानुन ब्यबशायी डा. मेन्डेसले पआफुले प्रथमत उल्लेखित समश्याहरुको बिषयका पोर्चुगिस अध्यागमन ९सेफ०मा समाधानार्थ पहल गर्ने र सो हुन नसकेमा पिडितहरुको तर्फबाट सामुहिक रुपमा उच्च न्यायालयमा याचिका दायर गर्ने जानकारी गराउनु भएको छ।
तपाईको प्रतिक्रिया