Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौ- राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले दलहरु संविधान किस्ताबन्दीमा जारी गर्ने तयारीमा लागेको खुलासा गरेका छन् । उनले दलहरु पछिल्लो समयमा संघीयता विहीन संविधान जारी गर्ने पक्षमा तयारीमा जुटेको बताए ।
अध्यक्ष थापाले दलहरु संविधान निर्माणको क्रममा केही समय अपुग भए संविधान सभाको म्याद थप्ने निष्कर्समा पुगेको दावी गर्दै त्यसले मुलुकमा ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका वीच गंभिर द्धन्द्ध बढाउने चेतावनी दिए ।
नेपालमा संसदीय ब्यवस्थाको विकल्प नभएको भन्दै संसदले चुन्ने कार्यकारी प्रधानमन्त्री बाहेकको ब्यवस्था नेपालमा स्विकार्य हुनै नसक्ने ठोकुवा गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने ब्यवस्थाले मुलुकमा तानाशाही हावी हुने चेतावनी दिदै त्यस्तो ब्यवस्थाले जनवाद, समाजवाद केही पनि ल्याउन नसक्ने ठोकुवा गरे ।
अध्यक्ष थापाले सेना समायोजनको बटमलाईन सात बुादे सहमति भएको भन्दै कोही पनि सो सम्झौताबाट अलिकति पनि तलमाथि नगर्ने स्पष्ट पारे । उनले माओवादीले समायोजनमा माथिल्लो पद मागेको प्रति आक्रोस ब्यक्त गर्दै थापाले भने-नेपाली सेना माओवादीको विर्ता हो भन्ने वित्तिकै कर्णेल र जर्नेल पाउने , मापदण्ड पुरा गरेर बाहेक केही पाईदैन ।
शान्ति र संविधानमा माओवादी सहमत हुन नसके मुलुकमा जे पनि हुन सक्ने चेतावनी दिदै थापाले बृहद प्रजातान्त्रिक गठबन्धन निर्माण नगरी नेपालमा बास्तविक शान्ति स्थापना र संविधान निर्माण हुनै नसक्ने ठोकुवा गरे ।
उनले आगामी जेठ १४ गतेले मुलुकमा समाधान ल्याउने दावी समेत अन्र्तवार्ताको क्रममा गरेका थिए ।
तपाईको प्रतिक्रिया