Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
विराटनगर- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीसंग सातबुंदे सहमती अनुसार शान्ति र संविधान निर्माणको काम अगाडी बढाउनुको विकल्प नभएको बताउनुभएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरु संग कुरा गर्दै नेता देउवाले सातबुंदे सहमती कार्यान्वयन नभए माओवादी अध्यक्ष प्रचण्डलाई जवरजस्ती सहिछाप गराए पनि शान्ति र संविधान निर्माण हुन नसक्ने बताउनुभएको हो । उहांले माओवादी पार्टी त्यसमापनि प्रचण्डले सहयोग नगरेसम्म शान्ति प्रकृया नटुंगीने दावी समेत गर्नुभएको छ ।
उहांले नेपाली सेनाको मापदण्ड अनुसार सेना समायोजन गर्नुपर्ने बताउंदै त्यसभन्दा वाहिर गएर कुनैपनि राजनैतिक सहमतीवाट समायोजनको विषय टुंगो लाग्न नसक्ने उल्लेख गर्नुभयो ।
सर्वोच्च अदालतले समेत जेठ १४ भित्र संविधान निर्माण गरिसक्नुपर्ने आदेश गरिसकेकोले निर्धारित समय भित्र संविधान निर्माण गर्नुको विकल्प दलहरुसंग नभएको उल्लेख गर्दै नेता देउवाले त्यसभित्र शान्ति र संविधान निर्माण नभए ताजा जनादेशको लागी चुनावमा जानुपर्ने दावी गर्नुभयो ।
राज्यको पुर्नसंरचनाको विषयमा नेता देउवाले ७५ जिल्लालाई प्रदेश बनाएर जिल्ला सभापतीलाई मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई गभर्नर बनाइदिए संघियताको विषय टुंगो लाग्ने बताउनुभयो ।
नेपाली कांग्रेस मेधेशी युवाहरुलाई नेपाली सेनामा प्रवेश गराउने पक्षमा भएपनि सरकारले गरेको निर्णय जस्तै तीन हजार मधेशी युवाहरुलाई सामुहिक प्रवेशको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो ।
सरकारले  मुलुकका विभिन्न अदालतमा विचाराधिन अवस्थामा रहेका सयौं मुद्दा फिर्ता गर्ने निर्णयको विराध गर्दै नेता देउवाले फिर्ता लिने काम उचित नभएको र त्यसलाई रोक्ने बताउनु भयो ।
तपाईको प्रतिक्रिया