Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- राजधानीको गैरीधारा क्षेत्रमा सडक विस्तारमा अवरोध गरेपछि प्रहरीले कांग्रेस नेता नरहरि आचार्य र बलबहादुर केसीलाई नियन्त्रणमा लिएको छ ।
सडक विस्तार अभियानको विरोधमा उत्रिएका कांग्रेस नेता नरहरी आचार्य र बलबहादुर केसीसहित १०/१२ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ। सडक विस्तारमा अवरोध सिर्जना गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
गएको शनिबार चाबहिल चोकमा सडक विस्तार अभियान अन्तर्गत डोजर चलाइएको थियो।  गत मंगलबार घरधनी विमलकुमार होडाले गैरकानुनी रुपमा सरकारले घर भत्काएको भन्दै त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेपछि शुक्रबार न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले रिटको पहिलो सुनुवाइमै भत्काउने कार्य आउँदो बिहीबारसम्म रोक्न आदेश दिएको थियो।
तपाईको प्रतिक्रिया