Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- एएफसी च्यालेन्ज कपको चौथो संस्करणमा नेपालले शनिबार दक्षिण एसियाली टिम माल्दिभ्सको सामना गर्दैछ ।
उदघाटन खेलमा प्यालेस्टाइनसँगको खेलमा तीन अंक गुमाएको नेपाल समूह ए को पहिलो खेलमा पराजय भोगिसकेको  माल्दिभ्ससँग दशरथ रंगशालामा खेल्दैछ ।  सेमिफाइनल पुग्ने सम्भावना जिवित राख्नका लागि दुवै टोलीलाई स्पष्ट जीतको विकल्प रहने छैन।
एएफसी च्यालेन्ज कपको चौथो संस्करणमा सवै दक्षिण एसीयाली टोली विजयी सुरुवातबाट चुकिसकेका छन्। नेपाल र माल्दिभ्सले समुह ए को खेलमा बिहीबार पराजय भोगिसकेको अवस्थामा शुक्रबार समुह बी को खेलमा साविक विजेता भारतले पनि ताजिकिस्तानलाई २-० ले नतिजा सुम्पियो।
पहिलो खेलमा नेपाल बिहीबार प्यालेस्टाइनसँग २-१ ले तथा माल्दिभ्स तुर्कमेनिस्तानसँग ३-१ ले पराजित भएको थियो। समुहमा नेपालका लागि माल्दिभ्स तथा माल्दिभ्सका लागि नेपाल सहज प्रतिद्धन्दीका रुपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया