Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (क्यासी) को २६ औं सम्मेलन नेपालमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आगामी असोज १७ देखि १९ गतेसम्म आयोजना हुने उक्त सम्मेलनका विषयमा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सम्मेलनका विषयमा आजै महासंघ सचिवालयमा क्यासी ल्पानिङ कमिटीको बैठक समेत सम्पन्न भयो ।

उक्त सम्मेलनका विषयमा जानकारी दिन बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई महासघका उपाध्यक्ष भवानी राणा, क्यासीका उपाध्यक्ष एवं पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तारिक सैयद, क्यासीका उपाध्यक्ष एवं जर्जिया उद्योग वाणिज्य संघका अध्यक्ष जमाल इनआसीभीली, क्यासीको कार्यकरिणी समिति सदस्य एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीको आजिवन सदस्य तथा महासंघको कार्यकारिणी समिति सदस्य ओम राजभण्डारी, क्यासीका महानिर्देशक एवं चाइनाट्रष्ट कमर्सियल बैंकका वरिष्ठ कार्यकारी उपाध्यक्ष पीएचडी वेबस्टर डब्लू किआङले सम्वोधन गरेका थिए ।

त्यसैगरी महासंघका उपाध्यक्ष भवानी राणाले नेपालमा पहिलोपटक महासघको आतिथ्यतामा आयोजना हुने एशिया प्रशान्त क्षेत्रीय सम्मेलनले नेपालको अन्तराष्ट्रिय प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्दै महासंघका लागि यस प्रकारको सम्मेलन आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

क्यासीका उपाध्यक्षद्वय तारिक सैयद तथा जमाल इनआसीभीलीले क्यासी सम्मेलन आयोजना गर्ने अवसर नेपाललाई प्राप्त हुनु निकै खुशीको कुरा भएको बताउंदै नेपालका लागि अन्तर्राष्ट्रिय सम्पर्क विस्तार तथा लगानी प्रवद्र्धनमा सम्मेलन महत्वपूर्ण रहने विश्वास प्रकट गर्नुभयो ।

क्यासी कार्यकारिणी समिति सदस्य एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले २६ औं क्यासी सम्मेलन नेपालमा आयोजना गर्न पाउनु नेपालका लागि ऐतिहासिक भएको बताउनु भयो ।

“Vision for Shared Prosperity” मुख्य नारा रहने क्यासी सम्मेलनलाई यस संस्थामा आवद्ध २७ राष्ट्रहरु सहित अन्तराष्ट्रिय जगतबाट समेत अत्यन्त महत्वका साथ हेरिंदै आएको छ ।

पत्रकार सम्मेलनमा क्यासी महिला उद्यमी परिषद्का सभापति मुक्ता नन्दिनी जेन, क्यासीका प्राविधिक सल्लाहकार डा. डी. एच. पाई पनानदिकर, टर्किको यूनियन चेम्वर्स एण्ड कमोडिटी एक्सचेन्जको वैदेशिक आर्थिक सम्बन्ध विभागका प्रमुख फुसन काराकासो, क्यासीका आजिवन सदस्य एवं महासंघको कार्यकारिणी समिति सदस्य अशोक शर्मा, क्यासीका आजिवन सदस्यहरु गोपाल कक्षपति र नरेश श्रेष्ठ, क्यासीका उपमहानिर्देशक अमदोर आर होनरादो, क्यासीका वरिष्ठ अधिकृत मार्क को को उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया