Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
स्विेडन- स्विडेनी प्रधानमन्त्री फ्रेडरिक रेनफिल्डले पत्नीसँग पारपाचुके लिएका छन् । श्रीमती फिलिपासँग अलग्गै बस्ने निर्णय गर्दै रेनफिल्डले पारपाचुके लिएका हुन् ।
दुवैले पारपाचुके लिने किर्णय बुधबार अकस्मात गरेका हुन् । स्टकहोमको एक भव्य महलमा दुवैजना बस्दै आएका थिए । केही दिनअघि मात्र उक्त भवन बिक्री गरिएको थियो । उक्त भवन नजिकै अर्को सामान्य घर किनेर दुवैजना बस्दै पनि उनीहरुको सम्बन्धबारे धेरै नै अड्कलवाजी चलिरहेको थियो ।
प्रधानमन्त्री कार्यालयले बिहिबार विज्ञप्तीमा, ‘प्रधानमन्त्री फ्रेडरिक र उहाँकी पत्नी फिलिपा अलग्गिएर बस्ने निर्णय गर्नुभएको’ उल्लेख छ ।
४६ वर्षीय प्रधानमन्त्री फ्रेडरिकले सन् २००६ देखि वर्तमान संयुक्त सरकारको नेतृत्व गर्दै आएका छछन् ।
रेनफिल्ड दम्पतीका तीन सन्तान छन् ।
तपाईको प्रतिक्रिया