Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पत्नी सुषमा वैद्य अहिले कक्षा ६ मा पुगेकी छिन् ।
गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा सुषमा नियमित कक्षामा उपस्थित भएर पढिरहेकी छिन् । उनले बाध्यताले पहिले पढ्न नपाए पनि अहिले नियमित कक्षामा गइरहेको बताइन् ।
विद्यालयका शिक्षिकाहरुले पनि सुषमाको पढाइ राम्रो भएको बताए । उमेरका हिसावले लेखाइमा केही कमजोरी भए पनि पढाइ सन्तोषजनक भएको उनीहरुको भनाइ छ ।
सुषमाले तीन वर्षमै ६ कक्षा पुगेकी छिन् । उनले १० कक्षा पुगेपछि उपन्यास लेख्ने योजना सुनाइन् ।
तपाईको प्रतिक्रिया