Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – बागलुङ जिल्ला सदरमुकाम देखि ३५ कोषको दुरीमा रहेको तमान गाविसमा अब कम्प्युटर सहितको ग्रामिण सुचना केन्द्र स्थापना हुने भएको छ । गाउँ भरी नै जलविद्युत आयोजनामार्फत विजुली बाल्न पाए पछि गाउँको परिचय र नयाँ उद्योग एवं व्यवसायका अवसरहरु सिर्जना भएका छन् ।

“गाउँमा बत्ती बाल्ने इच्छाले उत्पादन गरेको विद्युतले अब विभिन्न उद्योगहरु पनि सञ्चालन गर्न पनि मिल्ने भएको छ” उर्जा तथा वातावरण शाखाका इन्जिनियर मुकुन्द सेन कार्कीले भने, “इन्टरनेट चलाउनको लागि कम्प्युटरको सहयोग गरेर विद्युतको सक्दो प्रयोग गर्ने वातावरण बनाऊन लागीरहेका छौं ।” स्थानीय खोलाबाट तमानबासीले ४० किलोवाटको विद्युत उत्पादन गरेपछि गाउँमा सूचना केन्द्रसँगै कुटानी पिसानीका लागि मिल, कुखुरा पालनलगायतका व्यवसायहरु सञ्चालन गर्न सक्षम भएका छन् ।

तमानखोला दोस्रो जलविद्युत परियोजनामार्फत ४० किलोवाट विद्युत उत्पादन भएपछि गाउँमा ८७ किलोवाट विद्युत उत्पादन क्षमता रहेको छ । यस पूर्व तमानखोला पहिलो जलविद्युत योजनामार्फत २० किलोवाट, फुलुखोलाबाट १८ किलोवाट र लामेलाबाट ९ किलोवाट गरी ४७ किलोवाट विद्युत उत्पादन गरिदै आईएको दोस्रो परियोजनाका अध्यक्ष झकबहादुर बुढाले जानकारी दिएका छन् । दोस्रो परियोजना सम्पन्न भएपछि गाउँका सबै घरमा बत्ति बलेपछि गाउँ नै झलमल बनेको छ । ४० किलोवाट क्षमताको दोस्रो जलविद्यतु परियोजना सम्पन्न भएपछि सो गाविसको वडा नं १ देखि ६ वडाका ४ सय २८ घरधुरीले विद्युत बाल्न पाएका हुन् ।

जिल्ला उर्जा तथा वातावरण शाखाको प्राविधिक सहयोग एवं स्वयं शक्ति बागलुङको सामाजिक परिचालनमा सम्पन्न दोस्रो परियोजना १ करोड १७ लाख ८४ हजारको लागतमा सम्पन्न भएको हो । योजना सम्पन्न गर्नका लागि स्थानीयहरुले करिब चार महिना सम्म निरन्तर श्रमदान गरेको स्वयमशक्तिका परिचालक बैकुण्ठ शर्माले जानकारी दिएका छन् । ***

तपाईको प्रतिक्रिया