Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेञ्ज कप फुटबल उदघाटनमा प्रमुख अथिति थिए, फिफा अध्यक्ष सेप ब्लाटर ।
दशरथ रंगशालामा भएको भव्य कार्यक्रममा निजी विमानबाट आएका ब्लाटरले नै प्रतियोगिता उदघाटन गर्ने कार्यक्रम थियो । स्वागत मन्तव्य एन्फा अध्यक्ष गणेश थापाले बोलेपछि एसियाली फुटबल महासंघका अध्यक्ष झाङ जिरोङले सम्बोधन गरे । त्यसपछि प्रधानमन्त्री बाबुराम भट्टराईले बोले ।
त्यसपछि अध्यक्ष सेप ब्लाटरले सम्बोधन गरे, उदघोषकले उनलाई कार्यक्रम उदघाटन गर्न भने । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष सेप ब्लाटरको अनुरोधमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एएफसी च्यालेञ्ज कप फुटबलको बिहीबार उद्‍घाटन गरे  ।
फुटबलमा राखेको चासो र कार्यक्रम गर्न नेपालका प्रधानमन्त्रीले पुर्‍याएको सहयोग सुनेपछि ब्लाटरले आफ्नो जिम्मेवारी भट्टराईलाई नै दिए । यस कार्यको सवैले मुक्तकण्ठले प्रशंसा गरे ।
खेल  उद्‍घाटन कार्यक्रममा ब्लाटरले खेलकुदका लागि नेपाल महत्त्वपूर्ण ठाउँ रहेको बताएका छन् । उनले फुटबलका लागि कुनै सीमा नहुने बताए । उनले भने, ‘फुटबलका लागि कुनै सिमा हुँदैन, म प्यालेस्टाइनलाई नेपालमा स्वागत गर्छु ।’
यसैबीच नेपाल आएलगत्तै ब्लाटरले बिहीबार राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
ब्लाटरले प्रधानमन्त्री भट्टराईलाई सिंहदरवारमा भेटेलगत्तै राष्ट्रपति रामवरण यादव भेट्न शीतल निवास गए । भेटपछि ब्लाटरले नेपालमा फुटबल विकासको सम्भाव्यता ‌‌‌औ‌ल्याए । स्विस नागरिक ब्लाटर विमानस्थलबाट सोझै उनी बस्ने होटल सोल्टी क्राउन प्लाजा पुगेका थिए ।
मध्यान्ह निजी विमानबाट नेपाल आएका ब्लाटरलाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री कमला रोकासहित खेल अधिकारीले स्वागत गरे । उनले बिहीबारै सुरु हुने एएफसी च्यालेञ्ज कप उदघाटन गर्ने काठमाण्डौ आएका हुन् ।
नेपाल भ्रमण गर्ने दोस्रो फिफा अध्यक्ष हुन् ब्लाटर । झण्डै दुई दशकअघि यसअघिका फिफा अध्यक्ष जाओ हाभेलान्ज नेपाल आएका थिए ।
फिफा अध्यक्ष ब्लाटरलाई स्वागत गर्न मन्त्री रोकासहित एसियाली फुटबल महासंघका अध्यक्ष झाङ जिरोङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, एन्फा अध्यक्ष गणेश थापालगायत विमानस्थल पुगेका थिए । ब्लाटरलाई स्वागत गर्न विभिन्न स्थानमा स्कुले बालबालिका पनि राखिएका थिए । ***
तपाईको प्रतिक्रिया