Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- एएफसी च्यालेन्ज कप २०१२ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल प्यालेस्टाइनसँग दुई गोलले पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलको तेस्रो र ६४ औं मिनेटमा फाहिद अत्तलले गोल गरे । गोल अन्तरका कारण नेपाल अङ्क तालिकामा पुछारमा परेको छ ।
समूह ए कै हल्चोकमा बिहीबारै भएको अर्को खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई हरायो । तुर्कमेनिस्तानले  ३ र माल्दिभ्सले १ गोल गरे ।
तुर्कमेनिस्तान विजयी हुँदै ३ अङ्क बटुल्न सफल भएको छ ।
प्रमुख अतिथि फिफा अध्यक्ष जोसेफ सेप ब्लाटरले आफ्नो छोटो सम्बोधनपछि प्रतियोगिताको उद्‍घाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई आमन्त्रण गरे। ‘म फिफा एएफसी च्यालेन्ज कप २०१२ को औपचारिक रुपमा उद्‍घाटन भएको घोषणा गर्छु,’ प्रधानमन्त्री भट्टराईले उद्‍घाटन गर्दै अंग्रेजीमा भने।
तस्बिर सौजन्यः गोलनेपाल डट कम 
तपाईको प्रतिक्रिया