Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– अनमिनले अयोग्य ठहर्‍याएका लडाकु समूहका उपाध्यक्ष नै कमाउ धन्दामा राखेका छन् । बर्हिगमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष चन्दा आतङ्कमा संलग्न भएपछि कारबाहीमा परेको अध्यक्ष कृष्णप्रसाद दंगालले समुद्रपारिलाई बताए ।
‘हाम्रो यसै अस्तित्व र अधिकार प्राप्तिको संघर्षको क्रममा गठित संघर्ष समितिका उपाध्यक्ष लेनिन विष्ट लेनिन र यसै समितिका सदस्य शितल नेपाल ज्वाला नेपाल भनेर चिनिने संघर्ष समितिका नाममा आफ्ना व्यक्तिगत अभिष्ट इच्छा पुरा गर्ने, सांगठनिक निर्णय भन्दा बाहिर गई क्रियाकलाप संचालन गर्ने र संघर्ष समितिका नाममा रकम असुली गर्दै गैर कानुनी क्रियाकलाप संचालनमा संलग्न पाईएकाले संगठन द्धारा अनुसन्धानको कार्बाहीमा राखिएको अवस्थामा संगठनको निर्णय विपरित सार्वजनिक रुपमा मिडियामा अभिव्यक्ति दिएकाले आजका मिति देखि नै पुर्ण रुपमा यस बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समिति २०६८ को साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं,’ उनले भने ।
उक्त नामहरुबाट आएका कुनैपनि जानकारी वा अन्य कुनै पनि क्रियाकलाप हुन गएको खण्डमा आफ्नो संगठन जिम्मेवार रहने भन्दै उनले संगठनको नामबाट कुनै पनि क्रियाकलाप उक्त व्यक्तिहरुबाट भएको खण्डमा संबन्धित प्रशासन कार्यालयद्वारा ऐन अनुसार कार्बाही गर्न वा गराउनु हुन अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया