Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट मगर यूएईको आवुधावी विमानस्थलमा भिसा नहुँदा अध्यागमनको नियन्त्रणमा परेको विषयले मुलुककै शिर निहुरिएको प्रतिक्रिया दिएका छन् ।
‘जे भयो त्यो राम्रो भएन,’ बिहीबार आफ्नै निवासमा दाहालले पत्रकारहरुसँग भने, ‘यो घटनाले देश, मन्त्री, कर्मचारी र पार्टी कसैको राम्रो भएन । यसले सबैको शिर निहुर्‍याएको छ ।’
यसैबीच दाहालले आफ्नो दल शान्ति र संविधानमा आत्मसमर्पण गर्न तयार नभएको स्पष्ट पारेका छन् । स्मरण रहोस् पर्यटन मन्त्री माओवादीकै पोलिट्ब्युरो सदस्य हुन् ।
दाहालले कांग्रेस-एमाले शान्ति प्रक्रिया र संविधान निर्माणलाई अलग-अलग गरेर भत्काउन उद्दत रहेकोसमेत खुलाए । ‘कांग्रेस-एमाले शान्ति र संविधानलाई अलग अलग गर्न लागेका छन्, त्यो भनेको भत्काउने हो,’ ललितपुरमा नारी दिवसमा भएको कार्यक्रममा उनले बिहीबार भने, ‘अब माओवादी आत्मसमर्पण गर्न तयार छैन ।’
दाहालले चुप लागे शान्ति र संविधान नबन्ने खतरा रहेको भन्दै आन्दोलन तयारी गर्न निर्देशन दिए । ‘शान्ति र संविधान भाँड्न प्रतिक्रियावादी सक्रिय छन्,’ दाहालको भनाइ थियो, ‘शान्ति प्रक्रिया सफल पार्ने षड्यन्त्रकाविरुद्ध आन्दोलन तयारी गर्न जरुरी छ ।’ उनले आफ्नो दल शान्ति प्रक्रिया सम्मानजनक बनाउन लागीपरेको दाबी गरे ।
बिहीबार नै रिर्पोर्टर्स क्लवको ज्ञापन पत्र बुझ्दै दाहालले शान्ति, संविधान र सहमतिको सरकारको विषयमा प्याकेजमै सहमति नबने पनि सेना समायोजन प्रक्रिया सात बुँदे सहमति अनुसार नै टुङ्ग्याउने दृढता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया